बारा । शान्तिसुरक्षा माग्न जाँदा एक जनप्रतिनिधि प्रहरी चौकीकै इन्चार्जबाट कुटिएका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर २३ का वडा सदस्य राजेश साहलाई अस्थायी प्रहरी पोस्ट गंगापुर (शिक्षा)का प्रमुख प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्र यादवले कुटपिट गरेका छन् ।
कलैयाका जनप्रतिनिधिले प्रहरी चौकी पुगेका वडा सदस्यलाई बिनाकारण कुट्ने असई यादवलाई कारबाही गर्न माग गरेका छन् । बिहीबार प्रदेश सभा सदस्य महम्मद समिर, कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साह नेतृत्वको टोलीले बाराका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीसँग माग गरेका छन् ।
भतौडा गाउँकी एक महिलाले बिनाकारण गालीगलौज गर्न सुरु गरेपछि ती महिलालाई सम्झाउनका लागि प्रहरी पठाइदिन फोन गर्दा प्रहरी नपठाएपछि प्रहरी चौकीमा गएर झडप हुने स्थानमा किन प्रहरी नपठाएको भन्दा असई यादवले तिमीहरु जितेको एक बर्ष पुग्दा के के गर्यौ ? आज झगडा किन हुन पुग्यो भन्दै उल्टै गालीगलौज गर्दै असई याववले आफूमाथि हातपात सुरु गरेको पीडित वडा सदस्य राजेश साहले आरोप लगाएका छन् ।
‘नेपाल प्रहरीका एआईजी मिरा चौधरी भएसम्म मलाई एसपीले समेत केही गर्न सक्दैन भने तँ को होस्’ भन्दै असई यादवले कुटपिट गरेको वडा सदस्य साहले गुनासो गरेका छन् ? प्रहरी नपठाएको बारेमा सोध्ने भन्दै उनले गालीगलौज गर्दै हातपात गरेको साहले बताए ।
असई यादवले चौकीभित्र रहेका भण्डारी थर गरेका प्रहरी जवानलाई समेत मलाई कुट्न भनेका थिए, तर ती प्रहरीले मलाई कुट्न नमानेपाछि उसलाई समेत कुटपिट गरेको साहले बताए ।
शान्तिसुरक्षा माग्न प्रहरी चौकी पुगेका २३ नम्बर वडाका वडा सदस्य साहलाई कुटपिट गर्ने असई यादवलाई कारबाही गर्न बाराका प्रहरी प्रमुखलाई अल्टिमेटम दिएर आएको कलैया उपमहानगरपालिका प्रमुख बिनोद साहले बताएका छन् ।
असई यादवलाई कारबाही नगरेमा आफूहरु प्रहरीको उच्च अधिकारीसम्क्ष पुग्ने प्रमुख साहले बताए । नेपाल प्रहरीको एआईजी मिरा चौधरीको आडमा एउटा असईले प्रहरीको बर्दीमा गुन्डागर्दी गर्र्ने कार्य गरेका छन् । असईको यस्तो कार्य असह्य भएको कलैया उपमहानगरपालिका प्रमुख साहले बताए ।
बाराका प्रहरी उपरीक्षक(एसपी) होबिन्द्र बोगटीले अस्थायी प्रहरी पोष्ट शिक्षा गंगापुरका असई वीरेन्द्र यादवले वडा सदस्य राजेश साह र प्रहरी जवानलाई कुटपिट गरेको घटना कलैयाका नगर प्रमुख बिनोद साह र प्रदेश सभा सदस्यबाट जानकारी हुनासाथ घटनाको छानबिन शुरु गरिएको बताएका छन् ।
विवादित असई यादवलाई एआईजी चौधरीको संरक्षण
अस्थायी प्रहरी पोष्ट शिक्षा गंगापुरका प्रमुख वीरेन्द्र यादवले पटक पटक प्रहरी आचरण बिपरीत कार्य गरे पनि नेपाल प्रहरीको एआईजी मिरा चौधरीले संरक्षण गर्दै आएकी छिन् । प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशमा तस्करी नियन्त्रणको अनुगमन गर्न बैशाख २० गते बारामा आएकी मिरा चौधरी बारामै रहँदा एक व्यापारीसँग असई वीरेन्द्र यादवले जबर्जस्ती पसलको समान रोकेर तीन हजार रुपैयाँ घुस लिएको ती व्यपारीले मिरा चौधरीलाई गुनासो गर्दा समेत कुनै सुनवाई भएको थिएन । ती व्यपारीले नै एआइजी चौधरीले असई यादवले घुस लिएको गुनासो गर्दासमेत उनलाई कारबाही नगरेको बताएका छन् ।
एआईजी मिरा चौधरी बारामा एसपी हुँदा उनका घुमुवा रहेका वीरेन्द्र यादवले पिकअप गाडीसहित एक तस्करको समान नै गायब गरेपछि नेपाल प्रहरीका तत्कालीन प्रमुख सर्वेन्द्र खनालले वीरेन्द्र यादवलाई बाराबाट संखुवासभा सरुवा गरेका थिए ।
पछि मिरा चौधरी डिआईजी बढुवा भएपछि पुनः वीरेन्द्र यादवलाई चौधरीले बारा पठाउन सफल भएकी थिइन् । वीरेन्द्र यादवले मिरा चौधरीको नाममा पैसा उठाउनेदेखि लिएर निर्दोष प्रहरीहरुको बारेमा कुरा लगाएर कारबाही समेत गराउन कार्य शुरु गरेपछि जिल्ला प्रहरीको चेन अफ कमाण्ड नै बिग्रेको जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका एक प्रहरी निरिक्षकले गुनासो गरेका छन् ।
बाराका एसपी होविन्द्र बोगटी हुन्, तर उनलाई बाइपास गरी एआईजी चौधरीले विवादित असई वीरेन्द्र यादवलाई गाडीमा राखेर अनुगमन गरेको आरोप छ । स्रोतका अनुसार वीरेन्द्र यादवको चाहनाअनुसार लामो समय काम गरेका र बदनाम घुमुवाहरुलाई कारबाही नगरी फर्किएकी थिइन् । असई यादवले एआईजी चौधरीको नाममा अलग्गै असुली गर्ने गरेको र त्यसमा साथ नदिनेहरुलाई छानीछानी गणमा सरुवा गरिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend