काठमाडौं । बारामा पन्ध्र दिनअगाडि पुगेका एक युवालाई सुधार केन्द्रभित्रै कुटपिट गरी हत्या गरिएको छ ।
प्रहरीका अनुसार कलैया उपमहानगरपालिका-९ का ३७ वर्षीय प्रदीपप्रसाद मण्डलको तीन दिनअघि कुटपिट गरी हत्या गरिएको हो ।
आफन्तका अनुसार कलैया उपमहानगरपालिका-१ मा सञ्चालिन नवजन्म पुन:स्थापना केन्द्रमा मण्डलले हत्या भएको हो ।
मण्डललाई सुधार केन्द्रका व्यक्ति तथा कर्मचारीहरूले मराणासन्न हुने गरी कुटपिट गरेका थिए । उनलाई कलैया सिटी अस्पतालमा प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल कलैया पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया-३ का १९ वर्षीय सरफराज मन्सुर, कलैया-४ का २२ वर्षीय निरज सर्राफ, वडा नम्बर ६ का २० वर्षीय आशु मिया शेख, वडा नम्बर १ का २४ वर्षीय अरुण सर्राफ, २ नम्बर वडाका २१ वर्षीय प्रमेश्वर साह, सोही ठाउँका १९ वर्षीय सागर गुप्ता र ३ नम्बर वडाका २९ वर्षीय तमन्ना अलि रहेका छन् ।
फागुन २ गते केन्द्रमै कुटपिट गरी हत्या हुँदा बारा प्रहरीले थाहा पाएको थिएन । बारामा नयाँ प्रमुखको रुपमा प्रहरी उपरीक्षक सन्तोष तामाङ भर्खरै गएका छन् ।
कार्यसम्पादनमा कमजोर रहेका तामाङ प्रधानमन्त्री केपी ओलीका पूर्वपिएसओ हुन् । सोही नाता भजाउँदै तामाङले आकर्षक पोस्टिङ हासिल गरेका थिए ।
बारा प्रहरीले संलग्नहरूलाई पक्राउ गरेपछि कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको बताएको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend