काठमाडौं । बारामा पन्ध्र दिनअगाडि पुगेका एक युवालाई सुधार केन्द्रभित्रै कुटपिट गरी हत्या गरिएको छ ।
प्रहरीका अनुसार कलैया उपमहानगरपालिका-९ का ३७ वर्षीय प्रदीपप्रसाद मण्डलको तीन दिनअघि कुटपिट गरी हत्या गरिएको हो ।
आफन्तका अनुसार कलैया उपमहानगरपालिका-१ मा सञ्चालिन नवजन्म पुन:स्थापना केन्द्रमा मण्डलले हत्या भएको हो ।
मण्डललाई सुधार केन्द्रका व्यक्ति तथा कर्मचारीहरूले मराणासन्न हुने गरी कुटपिट गरेका थिए । उनलाई कलैया सिटी अस्पतालमा प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल कलैया पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया-३ का १९ वर्षीय सरफराज मन्सुर, कलैया-४ का २२ वर्षीय निरज सर्राफ, वडा नम्बर ६ का २० वर्षीय आशु मिया शेख, वडा नम्बर १ का २४ वर्षीय अरुण सर्राफ, २ नम्बर वडाका २१ वर्षीय प्रमेश्वर साह, सोही ठाउँका १९ वर्षीय सागर गुप्ता र ३ नम्बर वडाका २९ वर्षीय तमन्ना अलि रहेका छन् ।
फागुन २ गते केन्द्रमै कुटपिट गरी हत्या हुँदा बारा प्रहरीले थाहा पाएको थिएन । बारामा नयाँ प्रमुखको रुपमा प्रहरी उपरीक्षक सन्तोष तामाङ भर्खरै गएका छन् ।
कार्यसम्पादनमा कमजोर रहेका तामाङ प्रधानमन्त्री केपी ओलीका पूर्वपिएसओ हुन् । सोही नाता भजाउँदै तामाङले आकर्षक पोस्टिङ हासिल गरेका थिए ।
बारा प्रहरीले संलग्नहरूलाई पक्राउ गरेपछि कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको बताएको छ ।
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको...
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend