जुम्ला। लागूऔषधसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका-२ घर भइ हाल चन्दननाथ नगरपालिका-४ भारतीवाडामा कोठा भाडामा बस्ने अन्दाजी २६ वर्षीय प्रकाश बोहरा, जुम्लाको कनकासुन्दरी गाउँपालिका-२ बस्ने अन्दाजी २३ वर्षीय खुमबहादुर रावत हुन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो ।
शंकास्पद लाग्दा जाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको डीएसपी प्रह्लाद कार्कीले बताए । सोधपुछको क्रममा उनीहरुले उक्त लागूऔषध जुम्लाको चन्दननाथ नगपरपालिका- ५ बस्ने अन्दाजी २२ वर्षीय मनोज सुनारबाट किनेको सुनाएपछि सुनारलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई प्रहरी सहायक निरीक्षक कुलबहादुर रोकायको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend