Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् यस्तो छ सुनचाँदीको बजार भाउ


    बिहिबार, असार ७ २०८०
    1.6K
    Shares
    Gold Price Today
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको भाउ ओरालो लागेको छ । बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज तेजावी सुन पनि तोलामा ५ सयले नै घटेर प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ७ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार २ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार