Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेडिकल काउन्सिलको लोगो प्रयोग गरी प्रश्नपत्र बनाउने दुई जना प्रहरी नियन्त्रणमा


    बुधबार, असार ६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गर्ने लाइसेन्स परीक्षाको तयारीका लागि काउन्सिलको लोगो प्रयोग गरेर प्रश्नपत्र बनाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कास्कीका २४ वर्षीय नविन पौडेल र आशिष अधिकारीलाई पक्राउ गरेको हो ।

    उनीहरुले पीपीएम एशोसिएशन प्रालिका नामबाट काउन्सिलको लोगो र नाम प्रयोग गरेको प्रहरीले जनाएको छ । पीपीएम डटकम डट एनपीबाट उनीहरूले तयारी कक्षा सञ्चालन गर्दै आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार