काठमाडौं । दशै र तिहारको रमझम थियो । नाचगानका भाकाहरु कर्णाली प्रदेशको पहाडी जिल्ला सल्यानमा गुञ्जिरहेका थिए । दशै र तिहारका लहरेभाकासँग एक प्रेमिल जोडी पनि विवाह बन्धनमा बाँधिएको धेरै समय वितेको थिएन । प्रेमिल जोडी जीवनका अनेक रंगहरु भर्दै भविश्यको योजना बुनिरहेको थियो । १५ असोजका दिन त्यो प्रेमिल जोडीको जीवनमा साँच्चिकैको ब्रजपात भयो । जसको परिणाम भयावह हुँदै काठमाडौं ट्रमा सेन्टरको बेड नम्वर ६४२ मा पुगेको छ ।
आफैले प्रेम गरेको केटासँग विवाह बन्धनमा बाँधिदा सल्यान कुमाख गाउँपालिका ७ जिमालीकी सुनिता पुन निकै खुसी थिइन् । १५ असोज २०७९ विहान जिमालीबाट सार्वजनिक गाडी चढिन् । गाडी चढेको एक घण्टामै दुर्घटना पर्यो । सुनिता गम्भीर घाइते भइन् । उनको टाउको, शरीरको पछाडिको भाग र खुट्टामा गम्भीर चोट लाग्यो ।
श्रीमती चढेको सार्वजनिक यातायात दुर्घटना भएको थाहा पाउनसाथ श्रीमान राजेश पुन घटनास्थल पुगे । घाइते श्रीमतीको उद्धार गरी नेपालगञ्ज भेरी अस्पतालमा पुर्याए । लामो समय उपचार गर्दा पनि सुनिताको स्वास्थ्यमा सुधार आएन । त्यसपछि उनले भारतको लखनउमा पुरयाए । घरमा भएको सम्पूर्ण सम्पत्ति उपचारमै सकियो तर पनि श्रीमतिको स्वास्थ्यमा सुधार आउन सकेन ।
एकातिर सवै सम्पत्ति सकियो, अर्काेतिर श्रीमतीको स्वास्थ्य अवस्थामा सामान्य पनि सुधार आएन । भारतमा उपचार गराउन नसकेपछि राजेशले घाइते श्रीमतीलाई जिल्ला प्रशासन कार्यालय सल्यानमा पुरयाए । श्रीमतीलाई काखमा उचालेर जिल्ला प्रशासन लिदै गरेको तस्वीर साँच्चिकै दर्दनाक थियो ।
सुनिताको दर्दनाक तस्वीर सामाजिक सञ्जालमा देखेलगतै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रमुख जिल्ला अधिकारसँग कुरा गरेर हवाई सेवाबाट काठमाडौं ल्याउनुभयो । काठमाडौंको ट्रमा सेन्टरको ६४२ नम्वर बेडमा सुनिताको उपचार भइरहेको छ । मन्त्री ज्वालाले आफैं आर्थिक सहयोग गरेर उपचार गराइरहनुभएको छ । दैनिक सुनिताको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै चिकित्सकहरुसँग परामर्श पनि गरिरहनुभएको छ ।
सुनिताको स्वास्थ्य अवस्था जटिल छ । तर पनि श्रीमान राजेशले हार मानेका छैनन् । श्रीमतीको ज्यान बचाउन विगत ९ महिनादेखि निरन्तर लागिरहेका छन् । ९ महिनादेखिको चोटका कारण सुनिता अस्पतालको बेडमा कहिलेकाहीँ चिच्याउने गर्दछिन् र श्रीमान राजेशका आँखा रसाउने गर्दछन् ।
श्रीमतीको उपचारमा सम्पूर्ण सम्पत्ति सकेका राजेशलाई मन्त्री ज्वालाले सहयोग गरेपछि अन्य सहयोगीहरुले पनि आर्थिक सहयोग गर्न थाल्नुभएको छ । देश विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग जुट्न थालेको राजेशले बताए ।
बुधवार अमेरिका र कोरियामा रहेका नेपालीले पठाएको दुई लाख २० हजार मन्त्री ज्वालाले हस्तान्तरण गर्नुभएको छ । सल्यानी समाज दक्षिण कोरियाका वसन्त राना, टासिङ पुन, भीमराज बुढाथोकिले १ लाख ५५ हजार आर्थिक सहयोग पठाउनुभएको थियो भने, नेपालगञ्ज निवासी विमलकुमार चन्दको पहलमा अमेरिकाको भर्जिनियामा रहेका जुली ओली र प्रदीप ओलीले ६५ हजार आर्थिक सहयोग गर्नुभएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend