Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेदरल्याण्ड्स पठाइदिन्छु भन्दै ३२ लाख ठगी, एक जना पक्राउ


    सोमबार, असार ४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। वैदेशिक रोजगारीको लागि नेदरल्याण्ड्स पठाइ दिन्छु भन्दै ३२ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-९ बत्तिसपुतली बस्ने वर्ष ३० का बलराम थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    टिकाजंग कार्कीलाई नेदरल्याण्ड्स पुगेपछि डेढलाख मासिक तलबको जागिर लगाइदिन्छु भन्दै नेदरल्याण्ड्स पठाउने विश्वास दिलाई प्रलोभनमा पारी पटक-पटक गरी ३२ लाख रुपैयाँ ठगेको भन्दै वैदेशिक रोजगार विभागबाट पक्राउका लागि आग्रह गरिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार