काठमाडौं । प्रहरी बृत्त महाराजगंजले ब्यापारी नारायण पौडेलसहित ५ जनालाई शनिबार साँझ जुवा अखाडाबाट रकम सहित पक्राउ गरेको छ ।
ग्रिनल्याण्ड स्कुल नजिक धनेश्वरको एक घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेको महाराजगंज बृत्तका प्रमुख डीएसपी अंगुर जीसीले बताए । डीएसपी जीसीले भने–‘धनेश्वरबाट ५ जना जुवाडे पक्राउ परेका हुन् । १ लाख ९० हजार रुपैयाँ नगद बरामद भएको छ । आजै उनीहरुलाई म्यादथप गर्नेछौं ।’ जीसीले को को पक्राउ परेका हुन् भनेर नाम खुलाउन चाहेनन् ।
जुवा अखाडाबाट पक्राउ परेका पौडेललाई छुटाउन उनका भाइ राजकुमार पौडेलसहितका ब्यापारी शनिबार राति पनि माओवादीका नेताहरुकोमा दौडधूपमा थिए । पक्राउ पर्नासाथ पौडेललाई छुटाउन सुरु भएको चलखेल आइतबार बिहानसम्म पनि जारी छ । तर आइतबार बिहानसम्म उनी प्रहरी बृत्तको थुनामै छन् ।
सिन्धुपाल्चोकका माओवादी नेताहरुमार्फत् राजकुमारले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि जुवाखालाबाट पक्राउ परेका नारायणलाई छुटाउन पहल गरिरहेको स्रोत बताउँछ । प्रहरी बृत्त महाराजगंजका प्रमुख डीएसपी अंगुर जीसीलाई समेत छुटाउन दबाब परेको थियो । सिन्धुपाल्चोकका नारायणलाई छुटाउन लागेका राजकुमार पौडेल २०७३ को निर्वाचनमा भोटेकोशी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए । माओवादीका तर्फबाट उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
जुवाखालबाट पक्राउ परेका नारायण पौडेल त हङकङमा करोडौं डलर तस्करी गरेको आरोपमा पक्राउ परी जेलमा बसेर अदालत मिलाइ छुटेका हुन् । ऊन आयातको एलसी नेपाल इन्भेष्टमेन्टबाट लगातार खोल्ने र ऊन भने आयात नै नहुने गरेको पाइएपछि उनलाई २०५९ तिर राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । इन्भेष्टमेन्ट बैंक दरबारमार्ग परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पौडेलले सोलु र पर्साका विभिन्न ब्यक्तिका नाममा कम्पनी खोलेर ऊन आयातको एलसी खोल्ने र डलर तस्करी गर्ने गरेका थिए । त्यसका अलावा नारायण पौडेल रक्तचन्दन तस्करीमा समेत संलग्न रहेका थिए ।
जुवा अखाडाबाट पक्राउ परेका नारायण पौडेलसहितका ५ जनाबाट १ लाख ९० हजार मात्र बरामद भएको प्रहरीले बताएको छ । तर जुवा अखाडामा त्यो भन्दा बढी रकम भए पनि बरामद कम देखाइएको स्रोतको दाबी छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend