काठमाडौं । प्रहरी बृत्त महाराजगंजले ब्यापारी नारायण पौडेलसहित ५ जनालाई शनिबार साँझ जुवा अखाडाबाट रकम सहित पक्राउ गरेको छ ।
ग्रिनल्याण्ड स्कुल नजिक धनेश्वरको एक घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेको महाराजगंज बृत्तका प्रमुख डीएसपी अंगुर जीसीले बताए । डीएसपी जीसीले भने–‘धनेश्वरबाट ५ जना जुवाडे पक्राउ परेका हुन् । १ लाख ९० हजार रुपैयाँ नगद बरामद भएको छ । आजै उनीहरुलाई म्यादथप गर्नेछौं ।’ जीसीले को को पक्राउ परेका हुन् भनेर नाम खुलाउन चाहेनन् ।
जुवा अखाडाबाट पक्राउ परेका पौडेललाई छुटाउन उनका भाइ राजकुमार पौडेलसहितका ब्यापारी शनिबार राति पनि माओवादीका नेताहरुकोमा दौडधूपमा थिए । पक्राउ पर्नासाथ पौडेललाई छुटाउन सुरु भएको चलखेल आइतबार बिहानसम्म पनि जारी छ । तर आइतबार बिहानसम्म उनी प्रहरी बृत्तको थुनामै छन् ।
सिन्धुपाल्चोकका माओवादी नेताहरुमार्फत् राजकुमारले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि जुवाखालाबाट पक्राउ परेका नारायणलाई छुटाउन पहल गरिरहेको स्रोत बताउँछ । प्रहरी बृत्त महाराजगंजका प्रमुख डीएसपी अंगुर जीसीलाई समेत छुटाउन दबाब परेको थियो । सिन्धुपाल्चोकका नारायणलाई छुटाउन लागेका राजकुमार पौडेल २०७३ को निर्वाचनमा भोटेकोशी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए । माओवादीका तर्फबाट उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
जुवाखालबाट पक्राउ परेका नारायण पौडेल त हङकङमा करोडौं डलर तस्करी गरेको आरोपमा पक्राउ परी जेलमा बसेर अदालत मिलाइ छुटेका हुन् । ऊन आयातको एलसी नेपाल इन्भेष्टमेन्टबाट लगातार खोल्ने र ऊन भने आयात नै नहुने गरेको पाइएपछि उनलाई २०५९ तिर राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । इन्भेष्टमेन्ट बैंक दरबारमार्ग परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पौडेलले सोलु र पर्साका विभिन्न ब्यक्तिका नाममा कम्पनी खोलेर ऊन आयातको एलसी खोल्ने र डलर तस्करी गर्ने गरेका थिए । त्यसका अलावा नारायण पौडेल रक्तचन्दन तस्करीमा समेत संलग्न रहेका थिए ।
जुवा अखाडाबाट पक्राउ परेका नारायण पौडेलसहितका ५ जनाबाट १ लाख ९० हजार मात्र बरामद भएको प्रहरीले बताएको छ । तर जुवा अखाडामा त्यो भन्दा बढी रकम भए पनि बरामद कम देखाइएको स्रोतको दाबी छ ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend