काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको बताएकी छिन् । अघिल्लोपटक एक प्रकारले अस्वीकृत भैसकेको विधेयक नयाँ संसद् आएपछि संसद्बाटै पुनः पास गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस हुनुपर्नेमा त्यसो नभई पहिलाकै अवस्थामा प्रमाणीकरण गर्दा प्रक्रियागत त्रुटि भएको उनले बताइन् ।
‘त्यो विधेयक बेठिक थियो, प्रमाणीकरण प्रक्रिया पनि बेठिक भयो । आफ्नो देश कमजोर होस् भन्ने चाहना कसैको हुन्न तर यहाँ आफ्नो देश कमजोर होस्, केही मतलब छैन । अर्काको प्रशंसा गरिरहनुपर्ने कस्तो शैली हो ? किन त्यस्तो गर्नुपर्यो ? बरु मरिन्छ, देशमाथि गद्दारी गरिन्न, मेरो यही बटमलाइनले त्यस्तो काम गर्न दिएन’, भण्डारीले शुक्रबार साँझ आफ्नै निवासमा केही सञ्चारकर्मीसँग भनिन् ।
भण्डारीले नागरिकता विधेयक नयाँ सविधानअनुसार नआएको पनि दाबी गरिन् । ‘नयाँ संविधानअनुसार ल्याउनुपर्यो नि त, पुरानो संविधानअनुसारको नागरिकता ऐन संशोधन गरेर ल्याइएको हो । नयाँ संविधान २०७२ सालमा जारी भएको हो तर त्योभन्दा पहिलाको संविधानअनुसारको नागरिकता ऐन संशोधन गरेर ल्याइएको विधेयकलाई कसरी स्विकार्नु हुन्छ ?’ उनले भनिन्, ‘गर्न नहुने काम भएको छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend