Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली फेसबुक प्रोफाइल बनाइ नाबालिगको चरित्रहत्या, एक जना किशोर पक्राउ


    बिहिबार, जेष्ठ ३२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाइ चरित्रहत्या गरेको आरोपमा एक जना किशोर पक्राउ परेका छन् । कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

    सामाजिक सञ्जालमा पीडित नाबालिकाको नाम र तस्बिर सहितको नक्कली प्रोफाइलबाट उनीहरुबीच भएको अनलाइन कुराकानी सम्पादन गरी, अश्लील तस्वीर भिडियोमा जोडी पीडितको आफन्तहरूलाई पठाई समाजमा बदनाम, बेइज्जत गरी चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा ती किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धान र प्राविधिक विश्वलेषणबाट ती किशोरको संलग्नता रहेको खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

    उनीउपर विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार