Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • वानएक्स बेटबाट सट्टेबाजी खेलाएको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ


    बिहिबार, जेष्ठ ३२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’ मार्फत सट्टेबाजी गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। पक्राउ परेका उनीहरूले ‘वान एक्स बेट’को विज्ञापन गरेको समेत खुलेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ।

    प्रहरी स्रोतका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमा नेपालका चर्चित कलाकार समेत रहेका छन्।

    पक्राउ पर्नेमध्ये एक जना ‘बल्छी ध्रुबे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ समेत रहेको प्रहरी स्रोतले जनाएको छ।

    प्रहरीले तत्कालका लागि उनीहरूको नाम गोप्य राखेको छ। प्रहरीले उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

    पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ। यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो। त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

    पक्राउ परेका उक्त पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार