Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पुरुष पक्राउ


    मंगलबार, जेष्ठ ३० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • महोत्तरी । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    बर्दिबास नगरपालिका-१० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङलाई प्रहरीले पक्राउ गरेको हो ।

    थिङले ती महिलालाई बर्दिबास नगरपालिका-१० खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार