Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • अमेरिका र माल्टा पठाउँछु भन्दै ठगी गर्ने दुई जना पक्राउ


    आइतबार, जेष्ठ २८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिका र माल्टा पठाउँछु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा मुगुको छायाँनाथ रारा नगरपालिका-३ घर भएका ३४ वर्षीय प्रवीण खड्का र अमेरिका पठाउँछु भनेर ठगी गरेको आरोपमा उदयपुरको चौदण्डीगढी नगरपालिका-७ की ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठ रहेका छन् ।

    खड्काले २ जनालाई माल्टा पठाउँछु भन्दै ९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । श्रेष्ठले अमेरिका पठाउने भन्दै ६ लाख २१ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले बताएको छ ।

    पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार