Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्रोत नखुलेको १४ लाख बढी रुपैयाँसहित एक जना नियन्त्रणमा


    शुक्रबार, जेष्ठ २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बाँकेमा स्रोत नखुलेको १४ लाख भन्दा बढी रुपैयाँसहित एक जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका-१६ चौलिका चोकबाट स्रोत नखुलेका १४ लाख ६ हजार ५ सय रुपैयाँसहित उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा डुडुवा गाउँपालिका-४ साहपुरुवा बस्ने ३५ वर्षीय उमाकन्त गुप्ता रहेका छन् ।

    भे ६ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको प्रहरीले बताएको छ । उनलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार