Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साढे २ करोड ठगी गरेको आरोपमा मेडिसिटी अस्पतालका तीन पूर्वकर्मचारी पक्राउ


    बुधबार, जेष्ठ २४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’ मा काम गर्ने तीन पूर्वकर्मचारीले अस्पतालबाट पक्राउ परेका छन् । साढे २ करोड ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बिरामीबाट लिएको शुल्कबाट अस्पतालमा दाखिला गर्नुपर्ने भन्दा कम रकम देखाएर ठगी गरेको पाइएको ललितपुरका प्रहरीले बताएका छन् ।

    पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका– ४ घर भई भक्तपुरको ठिमी बस्ने वर्ष ३४ का राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका– ११ चापागाउँ बस्ने वर्ष २९ का सनम देशार र काठमाडौँको बालुवाटार बस्ने ३४ वर्षे आशीष अर्याल छन् ।

    उनीहरुविरुद्ध आपराधिक लाभ तथा आपाराधिक विश्वासघातसम्बन्धी कसूरमा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उनीहरुलाई आजै सार्वजनिक पनि गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार