काठमाडौं। भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले आफूले यो प्रकरण बाहिर आउनुभन्दा पहिल्यै उच्च सरकारी तहमा भएको बदमासीबारे जानकारी गराएको तर कसैले भने वास्ता नगरेको बताएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेटेर भुटानी शरणार्थीका नाममा रकम उठाउने काम भएको भनेर जानकारी गराउँदा कसैले गम्भिरतापूर्वक नलिएको उनले बताए ।
थुनछेक बहसका क्रममा काठमाडौं जिल्ला अदालत लगिएका अधिकारवादी नेता रिजालले भने, ‘यो घटनाबारे हल्लाखल्ला हुनुअघि नै मैले शीर्ष नेताहरु र उच्च सरकारी अधिकारीलाई भेटेर घटनाबारे जानकारी गराएको थिएँ । वास्ता गरेनन्, अहिले म आफैंलाई यस्तो भयो ।’
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा रिजालविरुद्ध पनि किटानी जाहेरी परेपछि प्रहरीले उनलाई ४ जेठमा झापाबाट काठमाडौं बोलाएको थियो ।
त्यसपछि काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका उनले मुद्दा अदालत लैजाने बेलामा रहस्यमय रुपमा आफूविरुद्ध प्रेमराज पन्थीको किटानी जाहेरी परेको बताए । ‘उनले मेरो घरमा तोडफोड गरेपछि मैले एक वर्ष पहिल्यै प्रहरी वृत्त, गौशालामा निवेदन दिएको थिएँ’, उनले थपे, ‘त्यसमा कुनै अनुसन्धान भएन, अहिले उनकै जाहेरी मविरुद्ध पर्यो ।’
केही व्यक्तिहरुले आफ्नो नाम लिएर ‘यिनले के सहयोग गर्छन्’ भन्दै शिविरमा ५ लाख रुपैयाँको दरले उठाउन खोजेको भन्ने सूचना पाएलगत्तै आफूले सरकारी तहमा जानकारी गराएको रिजालले बताए ।
‘अदालतमा सबैभन्दा बलियो बयान मैले नै दिएको छु, मैले कसैबाट यसमा फाइदा लिएको छैन’, उनले दाबी गरे, ‘भुटानी आएका नागरिक भनेकाले मैले ९/१० वटा कागजमा हस्ताक्षर गरेको थिएँ, मैले जे हो, सत्य कुरा बोलेको छु ।’
आफूले विगतमा पनि यस विषयलाई लिएर शीर्ष नेताहरुलाई भेटेको बताउँदै उनले भने, ‘अहिले म यो लडाइँमा एक्लै छु, सबै एकातिर म अर्कोतिर भएको छु, न्याय पाउनेमा विश्वस्त छु ।’
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु...
काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएमा छन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend