Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा आशिष बुढाथोकी पक्राउ


    सोमबार, असार ११ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौंको मण्डिखाटारबाट २४ वर्षीय आशिष बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    ठगीको रकम उनको खातामा जम्मा भएको देखिएकाले प्रतिवादी बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ । शरणार्थी प्रकरणमा यसअघि १८ जना पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँको आदेशले दुईजना धरौटीमा रिहा भएका छन् ।

    पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले १ असारमा आदेश दिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार