काठमाडौं । सगरमाथा आरोहणमा गएका रञ्जितकुमार साह १३ दिनदेखि हराइरहेका छन् । जनकपुर उपमहानगरपालिकाका ३५ बर्षीय साह २०८० जेठ १० गते (मे २४)देखि हराइरहेका छन् । २०८० जेठ ७ गते बेसक्याम्प पुगेका उनी जेठ १० गते फोर्थ क्याम्पमा पुगेका थिए । त्यसपछि उनी हराइरहेका छन् ।
साहकी बहिनी सुजानी साहका अनुसार मे २१ मा बेसक्याम्पबाट आरोहण सुरु गरेका रञ्जित मे २४ मा फोर्थ क्याम्प पुगेका थिए । तर मे २५ देखि उनी हराइरहेका छन् । उनले भनिन्–८ हजार ६ सय ७५ मिटर उचाइमा पुगेपछि उनकोे जीपीएस बन्द भयो । ह्याप्पीफिड माउन्टेनर्स नामक ट्रेकिङ एजेन्सीबाट सगरमाथा आरोहणमा गएका उनको मोवाइल भने बेसम्याम्प नजिकै हराएको ३ दिनपछि एक्टिभेट भएको छ ।
सुरुमा रञ्जितले आरोहणमा मोवाइल लगेको हप्पी फिडले उनका परिवारका सदस्यलाई जानकारी गरायो । तर पछि मोवाइल लगेको होइन, कसैले चोेरेको होला, त्यही भएर चलेको हुनसक्छ । यसरी हराएका रञ्जितको बारेमा ह्याप्पी फिडले एकपछि अर्को परस्पर बिरोधी कुरा गर्नाले उनका परिवारजन झन् संशकित भएका छन् ।
सुजानी साहले भनिन्–‘ बेसक्याम्पको खाल्डोमा मोवाइल कसरी भेटियो ?’ ह्याप्पीफिड माउन्टेनर्सले फरक फरक बयान दिएकाले हामीलाई आशंका जन्माएको छ । हाम्रो दाजुको खोजीमा समेत ह्याप्पीफिड माउन्टेनर्सले चासो राखेको छैन । हाम्रो दाजुको खोजी चाँडो गर्न हामी पर्यटन विभागदेखि सरोकारवाला निकायसँग आग्रह गर्दछौं ।’
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend