Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सगरमाथा आरोहणका क्रममा १३ दिनदेखि हराइरहेका रञ्जितको खोजीमा ट्रेकिङ कम्पनीको लापरबाही


    मंगलबार, जेष्ठ २३ २०८०
    17.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सगरमाथा आरोहणमा गएका रञ्जितकुमार साह १३ दिनदेखि हराइरहेका छन् । जनकपुर उपमहानगरपालिकाका ३५ बर्षीय साह २०८० जेठ १० गते (मे २४)देखि हराइरहेका छन् । २०८० जेठ ७ गते बेसक्याम्प पुगेका उनी जेठ १० गते फोर्थ क्याम्पमा पुगेका थिए । त्यसपछि उनी हराइरहेका छन् ।

    साहकी बहिनी सुजानी साहका अनुसार मे २१ मा बेसक्याम्पबाट आरोहण सुरु गरेका रञ्जित मे २४ मा फोर्थ क्याम्प पुगेका थिए । तर मे २५ देखि उनी हराइरहेका छन् । उनले भनिन्–८ हजार ६ सय ७५ मिटर उचाइमा पुगेपछि उनकोे जीपीएस बन्द भयो । ह्याप्पीफिड माउन्टेनर्स नामक ट्रेकिङ एजेन्सीबाट सगरमाथा आरोहणमा गएका उनको मोवाइल भने बेसम्याम्प नजिकै हराएको ३ दिनपछि एक्टिभेट भएको छ ।

    सुरुमा रञ्जितले आरोहणमा मोवाइल लगेको हप्पी फिडले उनका परिवारका सदस्यलाई जानकारी गरायो । तर पछि मोवाइल लगेको होइन, कसैले चोेरेको होला, त्यही भएर चलेको हुनसक्छ । यसरी हराएका रञ्जितको बारेमा ह्याप्पी फिडले एकपछि अर्को परस्पर बिरोधी कुरा गर्नाले उनका परिवारजन झन् संशकित भएका छन् ।

    सुजानी साहले भनिन्–‘ बेसक्याम्पको खाल्डोमा मोवाइल कसरी भेटियो ?’ ह्याप्पीफिड माउन्टेनर्सले फरक फरक बयान दिएकाले हामीलाई आशंका जन्माएको छ । हाम्रो दाजुको खोजीमा समेत ह्याप्पीफिड माउन्टेनर्सले चासो राखेको छैन । हाम्रो दाजुको खोजी चाँडो गर्न हामी पर्यटन विभागदेखि सरोकारवाला निकायसँग आग्रह गर्दछौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार