Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेलायतको आवासीय भिसा मिलाउने भन्दै भूपू गोर्खा परिवारसँग करोडौं ठगी


    बिहिबार, जेष्ठ १८ २०८०
    3.3K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर अरबौं रुपैयाँ ठगी गर्नेहरुबिरुद्ध जिल्ला अदालतमा थुनछेक बहस जारी छ । अमेरिका मात्र होइन,  बेलायतको आवासीय भिसाको प्रलोभनमा ब्रिटिश लाहुरे र उनका परिवारलाई एक गिरोहले ठगी गरेको खुलासा भएको छ ।
    ठमेलमा रहेको श्रेष्ठ करिअर अडभाइजर नामक कम्पनीले बेलायती आवासीय भिसा मिलाइदिने भनेर करोडौं ठगी गरेको हो । उक्त कम्पनीले २३ जना भन्दा बढीसँग करोडौं ठगी गरेको छ ।  सो कम्पनीका सञ्चालक रोजिन श्रेष्ठ र समीकान्छी श्रेष्ठ हुन् । रोजिन र समीकान्छीले बेलायतको आवासीय भिसा मिलाइदिने भनेर रकम ठगी गरेको भन्दै विभिन्न निकायमा उजुरी परेका छन् ।
    आवासीय भिसा मात्र होइन, उनले भिपिएस(भिसा फेसिलिटी सर्भिस) प्रक्रिया छिटो गरिदिने भनेर समेत ठगी गरेको पीडितहरुको उजुुरी छ । भिपिएसमा कुनै सोर्सफोर्स नचल्ने भए पनि उनले छिटो गरिदिन्छु भनेर रकम लिने गरेको उजुरी पनि परेको छ । अडभाइजर कम्पनीले यससम्बन्धी अनुमति नलिई गैरकानुनी रुपमा रकम लिने गरेको खुलेको छ । भिसाको प्रक्रियाका लागि उक्त कम्पनीले सरकारका विभिन्न कागजपत्र कीर्ते बनाउने गरेको छ ।
    स्थानीय तहका सिफारिसदेखि वैवाहिक प्रमाणपत्र, सम्बन्ध बिच्छेदका प्रमाणपत्र समेत सो कम्पनीले कीर्ते गरी बनाउने गरेको छ । एक पीडितले भने–प्रहरीले उक्त कम्पनीमा छापा हान्ने हो भने उनका सबै कर्तुत खुल्नेछन् ।
    समीकान्छीले भूपू गोर्खा र उनीहरुका परिवारका आवश्यक कागजातहरु लिने र पछि हरायो भन्ने र व्यक्तिगत इमेलको पासवोर्ड आफैं राखी सूचनाबाट बञ्चित गराउँदै पैसा माग्ने गरेको पीडितले बताएका छन् । श्रेष्ठ करिअर अडभाइजर कम्पनीकी संचालक समी काक्षी श्रेष्ठले भगीराज राईका बाबु गौरीमान राईका लालबुक, पेन्सनपट्टा, मृत्यु दर्ता प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र, पारिवारिक विवरण खुल्ने कागजसमेत लिएर फिर्ता नदिएको पीडितले बताए । भगिराज राईकै दिदी जीवनबासु राईको जन्मदर्ता प्रमाणदेखि सबै कागजात लिएर उनले नदिएको र ओभर टर्न पत्र आएको इमेल र पासवर्ड समेत नदिएको गुनासो गरेका छन् । समीकान्छी श्रेष्ठले भगिराज राईसँग ६९ हजार रुपैयाँ लिएकी थिइन् ।
    भगिराजले समीकाछी श्रेष्ठकोे बैकखातामा टीकाराम श्रेष्ठको एनआईसी एसिया बैंकबाट पैसा जम्मा गरेका थिए । श्रेष्ठ करिअर अडभाइजरकम्पनीका रोजिन र समीकान्छीले मणिकुमार राई र उनका दाजु लालबहादुर र राजकुमारको आवेदन दिएको र भिसा आएको इमेल र पासवर्ड नदिएको गुनासो प्राप्त भएको छ । त्यसैगरी खड्गजंग गुरुङ, रामबहादुर आले, भूपालसिंह राई, भीमबहादुर गुरुङ, भीमबहादुर चेम्वाङ, सनिता राईको पनि पासपोर्ट बेलायत पठाएको छु भनी नदिएको पीडितको गुनासोपत्रमा उल्लेख छ ।
     जिनी राना, सुनिता श्रेष्ठ, जसबबहादुर याख्खा, देवकला याक्सो र उनका बहिनीहरुको समेत अविवाहित प्रमाणपत्र बनाउने र इमेल र पासवर्ड नदिएको पत्रमा उल्लेख छ ।
    युकुमारी पुन, सुमन विश्वकर्मा, अरुणा राई, भूपालसिंह तामाङ, भगिरथ राई, मीना राई, सबिता राई, राम गुरुङ, कल्पना राई र मिना राईको ओभरटन पत्र आएको इमेल एकाउन्ट र पासवर्ड नदिई दुःख दिएको उल्लेख छ । पैसा लिएर पनि इमेल र पासवर्ड नदिने समीकान्छी र रोजिन श्रेष्ठले पैसा लिएर रसिद समेत आफैं राख्ने गरेको पीडितले बताए ।
    रोजिन र समीकान्छीले  भिपिएस कार्यालयकै छेउ ठमेलमा श्रेष्ठ करिअर अडभाइजर कम्पनीको कार्यालय राखी ठगी गर्ने गरेका छन् । कम्पनीका सञ्चालक रोजिन र समीकान्छी श्रेष्ठ विगतमा अर्कोे कम्पनीमा सहयोगीको रुपमा काम गर्थे ।  श्रेष्ठविरुद्ध हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीमा उजुरी परे पनि ठगीधन्दामा संलग्न उनलाई प्रहरीले अहिलेसम्म पनि पक्राउ गरेको छैन । यस्तो ठगीधन्दाबाट उनले करोडौं सम्पत्ति आर्जन गरिसकेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार