Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पत्नीलाई हँसिया प्रहार गरी घाइते बनाउने पति पक्राउ


    बिहिबार, जेष्ठ १८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुर्खेतमा पत्नीमाथि हँसिया प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१२ बाघखोरका २९ वर्षीय किरण नेपालीले श्रीमती अमृता नेपालीमाथि हँसिया प्रहार गरेका हुन् ।

    हँसिया प्रहारपछि घाइते २६ वर्षीया अमृताको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । मानसिक रोगको औषधी सेवन गरिरहेका किरणले आज बिहान एक्कासि अमृतामाथि हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार