काठमाडौँ। विपक्षी दल नेकपा (एमाले)ले सार्वभौम संसद्को अधिकार छलेर गलत प्रक्रियाबाट नागरिकता विधेयक प्रमाणीकरण भएको गुनासो गरेका छन्।
एमाले उपाध्यक्ष सुवास नेम्वाङले नागरिकता विधेयक प्रमाणीकरण हुँदा जनताको अधिकार छलेको टिप्पणी गरेका हुन्।
‘नागरिकता विधेयक जारी गर्न ढिलाइ भयो, अति आवश्यक पनि थियो,’ उनले सेतोपाटीसँग भने, ‘तर अहिले जसरी, जुन बाटोबाट आएको छ, यो ठीक भएन। यो उल्टो बाटो भयो।’
उनले विधेयकलाई संसदमा ल्याएर पारित गरेर प्रमाणीकरणका लागि पठाएको भए विधिसम्मत हुने बताउँदै हिजो असंवैधानिक भयो भन्नेहरू नै आज उल्टो बाटो हिँडेको टिप्पणी गरे।
‘हिजो नै उहाँहरूले राष्ट्रपतिले समय नघाइदिनुभयो, असंवैधानिक भयो भन्नु भएको होइन, आज कसरी त्यो समय जोडियो, कि मन्त्रिपरिषद्ले जोडिदियो? मन्त्रिपरिषद्ले त्यसो गर्न सक्छ?,’ उनले भने, ‘त्यसकारण हामी भनिरहेका छौं, यो प्रक्रिया गलत भयो।’
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७८ जेठमा नागरिकता सम्बन्धी अध्यादेश ल्याएका थिए। अहिलेको नागरिकता विधेयकमा भएका धेरै कुरा ओली सरकारले ल्याएको अध्यादेश समावेश गरिएका थिए।
अहिले प्रमाणीकरण भएको विधेयकको अन्तरवस्तुमा पनि तपाईंहरूको असहमति हो भन्ने प्रश्नमा नेम्वाङले त्यो सार्वभौम संसदले तय गर्ने बताए।
‘संसदमा ल्याइएको भए, १५ दिनमै पारित गर्न सकिन्थ्यो। विषयका बारेमा पनि छलफल हुन्थ्यो त्यही भएर त हामी भनिरहेका छौं–जनताको अधिकार संकुचनमा पर्यो,’ उनले भने।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानै लाग्दा किन विधेयक प्रमाणीकरण गरियो भनेर एमालेलाई आश्चर्य लागेको पनि बताए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend