काठमाडौं। रक्तचन्दनको तेलको अवैध कारोबार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । करिब २ करोड पर्ने सो तेलसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३० वर्षीय सुशील पाठक, कालिकोटको रासकोट नगरपालिका घर भई हाल काठमाडौको चाबहिल बस्ने २८ वर्षीय विरोद बराल, सुर्खेको वीरेन्द्रनगर-१५ घर भई हाल कलंकी बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली, रामेछापको लिखुतामाकोशी गाउँपालिका-२ घर भई हाल काँडाघारी बस्ने २५ वर्षीय नविन दाहाल रहेका छन् ।
रामेछापकै लिखुतामाकोशी गाउँपालिका-२ घर भई हाल चाबहिल सरस्वतीनगर बस्ने ३९ वर्षीय गोकर्णहरि दाहाल, बाँकेको कोहलपुर नगरपालिका-११ घर भई हाल चाबहिल सरस्वतीनगर बस्ने ५८ वर्षीय निलकान्त भुसाल, धादिङको नीलकण्ठ नगरपालिका-९ घर भई हाल जडिबुटी बस्ने ६३ वर्षीय मोहन बहादुर विश्वकर्मा र सोलुखुम्बुको माप्यदूधकोशी गाएँपालिका-६ घर भई हाल महाकाल बस्ने ४० वर्षीय खेमराज घिमिरेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend