Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घरायसी विवाद हुँदा बुवाले काटे छोराको नाक


    आइतबार, जेष्ठ १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। गुल्मीमा बुवाले आफ्नै छोराको नाक काटिदिएका छन् । जिल्लाको इस्मा गाउँपालिका-३ तोरी पाटाका ५६ वर्षीय दिलबहादुर सार्कीले घरायसी विवादमा आफ्नै छोरा बाबुराम सार्की (३२)काे नाक काटिदिएका हुन् ।

    घरायसी विवादका कारण झगडा हुँदा एक्कासि दिलबहादुरले हसियाँ प्रहार गर्दा बाबुरामको नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए ।

    घाइतेको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपश्चात लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको प्रधानले बताए ।

    घटनामा संलग्न दिलबहादुरलाई प्रहरीले हसियासहित नियन्त्रण लिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार