काठमाडौँ। नेपाल प्रहरी हुँ भन्दै ठगेको आरोपमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले एक जनालाई पक्राउ गरेको एसपी सिताराम रिजालले जानकारी दिए।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ बस्ने २३ वर्षीय जीवन श्रेष्ठ छन्।
उनले आफूलाई प्रहरीको परिचय दिएर वैदेशिक रोजगारको लागि विदेश जाने सिलसिलामा ठगीमा परेकालाई नै ठगेको आरोप छ।
उनले पीडितलाई ठग्ने व्यक्तिलाई पक्राउ गर्छु भनेर विश्वासमा लिएको प्रहरीले जनाएको छ।
एसपी रिजालका अनुसार उनले पक्राउ गर्नुपर्ने व्यक्ति सिराहमा रहेको र स्याटलाइटबाट खोज्नुपर्छ भनेर पीडितलाई फकाएका थिए।
स्याटलाइट खरिद गर्न साढे ११ हजार लाग्छ भनेर गौशालामा भेटेर रकम पनि लिएका थिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
यस्तै गाडी पनि बिग्रिएको भन्दै थप पाँच हजार रुपैयाँ लिएको एसपी रिजालले बताए।
पैसा लिएर पनि काम नगरेपछि पीडितले उनीसँग रकम फिर्ता मागेका थिए।
तर उनी फरार भएपछि पीडित प्रहरी परिसरमा पुगेका थिए। ठगी गरेको खुलेपछि परिसरले श्रेष्ठलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।
थप अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend