काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण औपचारिक हो कि होइन, भ्रमणका एजेन्डा के के हुन् भन्ने बारेमा सरकारले स्पष्ट पार्नुपर्ने दाबी गरेका छन् ।
‘प्रचण्डले प्रधानमन्त्रीको शपथग्रहण गर्ने बित्तिकै भारत भ्रमणमा जाने बताउनुभयो । जब कि आजभन्दा सात दिन अघिसम्म पनि उहाँलाई भारत भ्रमणको निम्तो थिएन । उहाँले निमन्त्रणा नै नआईकन किन भारत भ्रमणको कुरा गर्नुभयो ? यो भ्रमण औपचारिक हो कि अनौपचारिक हो ? यसका एजेन्डा केके हुन् ? सरकारले अझै पनि स्पष्ट पारेको छैन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
मागी-मागी भारत जानुभन्दा त भारतले प्रचण्डलाई आफैं बोलाएको भए राम्रो हुने पनि महासेठले औंल्याए । उनले भने, ‘जो कोही प्रधानमन्त्रीले किन भारतबाटै पहिलो विदेश भ्रमण सुरु गर्ने ? के भारतको प्रधानमन्त्रीले नेपालको पहिलो भ्रमण गर्नुभएको छ र ? मलाई लाग्छ, प्रचण्डको यो राजकीय भ्रमण होइन, चियाकफी खाने भ्रमण हो ।’
पूर्वपरराष्ट्र मन्त्री समेतब रहेका महासेठले प्रधानमन्त्री प्रचण्डलाई विभिन्न सुझाव पनि दिए । उनले भने, ‘मैले परराष्ट्रमन्त्रीले बोलाएको बैठकमा धेरै सुझाव दिएको छु । राष्ट्रियताको पक्षमा बोल्नुस् । कालापानी, लिम्पियाधुरा, लिपुलेकको कुरा उठाउनुस् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend