Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गोकुल बाँस्कोटाको भन्छन्- ओलीलाई हेडमास्टरको उपाधिले पुग्दैन, उहाँ त प्रोफेसर डाक्टर हो


    मंगलबार, जेष्ठ ९ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हेडमास्टरको उपाधिले नपुग्ने बताएका छन्।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति कार्यक्रममाथिको छलफलमा बोल्दै उनले माओवादी केन्द्रका सांसद माधव सापकोटालाई जवाफ दिएका हुन्।

    सापकोटाले नीति, कार्यक्रममा टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेता ओलीले हेडमास्टरी शैलीमा पढाएको बताएका थिए।

    ‘हेडमास्टर भन्नुभो, हामी आक्रोशित छैनौं। नेकपा (एमाले) लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय सहितको परिवर्तनको, पुनर्जीवनको र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो, तपाईंहरूले दिएको उपाधिले पुग्दैन, उहाँ त भिसी (उपकुलपति हो, प्रोफेसर डाक्टर हो’ उनले भने।

    उनले ओली अहिलेको परिवर्तनको इन्जिनियर, आर्किटेक भएको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार