काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन प्रधानमन्त्रीपछिको महत्वपूर्ण मन्त्रालय सम्हालेका गृहमन्त्री र सचिव नै मानव तस्करीमा संलग्न हुँदा पूर्वसभासद् आङटावा शेर्पाले कार्यालय नै खोलेर नेपालीलाई भुटानी शरणार्थीको फाराम भराएको पाइएको छ। उनले ललितपुरको एउटा घरमा कार्यालय नै खोलेर अमेरिका पठाउने भन्दै नेपाली नागरिकलाई भुटानी शरणार्थीको फाराम भराएको भिडियो नै यतिबेला सार्वजनिक भएको हो।
सोमबार साँझ प्रहरी कार्यालय पुगेका शेर्पालाई प्रहरीले तत्कालै छाड्ने तयारी गरेको थियो। तर उनले कार्यालय खोलेर नक्कली भुटानी शरणार्थी बनाउँदै फाराम भराएका तीनवटा भिडियो प्रहरीले फेला पारेपछि भने अनुसन्धान सुरु गरेको छ।
‘शेर्पाले एक वर्षअघि आफूनजिक रहेका र केही व्यक्तिलाई कार्यालय नै खोलेर फाराम भराएको भन्ने भिडियो प्राप्त भएको छ, त्यसबारे अनुसन्धान हुँदै छ,’जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले भने।
स्रोतका अनुसार शेर्पाले उनका आफन्त डेजोन शेर्पाले समेत पैसा उठाएको दाबी गरिएको छ। उनले सुरुमा ६ लाख, २० लाख र २४ लाखका दरले पैसा उठाएका थिए। उनीसँग संलग्न गौतम थरका एक व्यक्तिलाई पनि प्रहरीले खोजी गरिरहेको छ। यो समाचार नागरिक दैनिकमा छ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend