रेशम पराजुली ‘पौरख’
अनुसन्धानको क्रममा पक्राउ परेका अभियुक्तलाई हत्कडी लगाउने वा नलगाउने बिषय धेरै पहिले देखिनै विवादस्पद हुँदैआएको छ । केही समय पहिले बहुचर्चित क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई हतकडी लगाएको र हालै पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई हत्कडी नलगाएको बिषयमा सामाजिक सञ्जालहरूमा चर्को टिकाटिप्पणीमात्र नभई अदालतमा बहसको विषयसमेत बनेको छ ।
हत्कडी लगाउने नलगाउने सम्बन्धी विषय दिनप्रतिदिन झन्झन् पेचिलो बन्दै गएको छ । खासगरी हाईप्रोफाइल व्यक्ति पक्राउमा परेपछि यो विषय झन् पेचिलो र चुनौतीपूर्ण बन्न जान्छ ।
पक्राउ पर्नु, हिरासतमा बस्नु, आफ्नो विरुद्धमा अदालतमा मुद्दा चल्नु भन्दा पनि पक्राउपछि हत्कडी लगाइयो लगाइएन भन्ने कुरामा बढी केन्द्रित भई त्यस कुरालाई प्रतिष्ठाको रुपमा लिने गरेको पाइन्छ । विगतमा एकातर्फ पक्राउपछि हत्कडी नलगाउँदा अभियुक्त भागेकाले कारबाही र सँजाय पाउने प्रहरी कर्मचारीहरूको संख्या हेर्ने हो भने सयौंको रहेको छ भने अर्कातर्फ पक्राउपछि हत्कडी लगाएकै कारणले सँजाय पाएका प्रहरी कर्मचारीहरूको संख्या पनि त्यत्तिकै छ ।
यसरी पक्राउपछि हत्कडी लगाएकाले कारबाही र सजाय पाएका प्रहरी कर्मचारीहरू र हत्कडी नलगाएका कारणले अभियुक्त भागी उम्केको विषयमा विभागीय कारबाही र सजाय पाएका विशेष गरी तल्लो ओहोदाका प्रहरी कर्मचारीहरूले न्याय पाउनका लागि रिटको माध्यमबाट अदालतको ढोका ढकढक्याएको दृष्टान्त समेत रहेको छ ।
हत्कडी लगाउने नलगाउने सम्बन्धी विषय दिनप्रतिदिन झन्झन् पेचिलो बन्दै गएको छ । खासगरी हाईप्रोफाइल व्यक्ति पक्राउमा परेपछि यो विषय झन् पेचिलो र चुनौतीपूर्ण बन्न जान्छ ।
यस्तो गम्भीर र संवेदनशील विषयमा नेपालका प्रचलित ऐन–कानूनले के कस्तो व्यवस्था गरेको छ । हत्कडी लगाउने परम्परा, आवश्यकता र औचित्य के हो भन्ने विषयमा केन्द्रित रही प्रस्तुत आलेख तयार पार्ने प्रयास गरिएको छः
नेपालका प्रचलित ऐन–कानून हेर्दा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ४२ ले मात्र बालबालिकालाई पक्राउको क्रममा हत्कडीको प्रयोग गर्न नपाइने गरी प्रतिबन्ध लगाएको छ । सो बाहेक अरू कुनै पनि ऐन– कानूनले पक्राउ परेको अभियुक्तलाई हत्कडी लगाउनलाई रोक लगाएको छैन । नेपालमा मात्र नभई विदेशमा समेत पक्राउको अभिन्न अंगको रुपमा हत्कडी प्रयोगलाई लिंदै आएको पाइन्छ ।
हत्कडीको प्रयोग कस्तो अवस्थामा गरिन्छ ?
पक्राउ अभियुक्तलाई पक्राउ भएको स्थानबाट प्रहरी कार्यालयसम्म ल्याउँदा, निजको स्वास्थ्य परीक्षण तथा उपचार गर्न अस्पताल वा स्वास्थ्य चौकीमा लैजाँदा ल्याउदा, म्यादथप गर्दा, बयान गर्दादेखि अदालतमा पेश गर्दा र कारागार चलान गर्दासम्म सरकारी वकिल कार्यालय तथा अदालत लगायतका स्थानमा दशौं बीसांै पटक एउटै अभियुक्तलाई उपस्थित गराउनुपर्ने हुन्छ । यो कार्य प्रहरीका माथिल्लो दर्जाका कर्मचारीको आदेशमा तल्ला दर्जाका कर्मचारीले सम्पन्न गर्नुपर्दछ ।
आफ्नो जिम्मामा लिएको थुनुवा वा अभियुक्त सकुशल फिर्ता ल्याउने चाहना कुन प्रहरी कर्मचारीको नहोला ? त्यसैले हत्कडीको प्रयोग गरिन्छ । यसरी हत्कडी प्रयोग गर्दा प्रहरीले खाली कानूनलाई टेकेर मात्र नगरी व्यवहारिक पाटोबाट हेरी प्रयोग नगरेको पनि हुन सक्दछ ।
यदि यसक्रममा अभियुक्त भागेमा वा निजको ज्यान तलमाथि परेमा वा निजले आफू वा अरूलाई कुनै हानी नोक्सानी पुर्याएमा सो को जिम्मेवारी सम्बन्धित प्रहरी कर्मचारीको नै हुने गर्दछ । थुनामा रहेको स्थानबाट माथि उल्लेखित कामका लागि बाहिर निकाल्नासाथ कसको आदेशले बाहिर निकालेको हो ? कसको जिम्मामा सम्बन्धित स्थानमा लैजान लागेको हो सो को भर्पाई गरी अभियुक्त बुझी सहीछाप गर्नुपर्दछ । काम सम्पन्न भई अभियुक्त सकुशल फिर्ता ल्याई हिरासतमा नबुझाउँदासम्म जसको जिम्मा लगाइएको हो निज प्रहरी कर्मचारी नै जवाफदेही बन्नुपर्ने हुन्छ । यसमा सुरक्षा संबेदनशीलता हेरेर सुरक्षा थ्रेटको मूल्यांकन गरी सोही अनुसारको दर्जाको प्रहरी कर्मचारी खटाइने गरिन्छ ।
आफ्नो जिम्मामा लिएको थुनुवा वा अभियुक्त सकुशल फिर्ता ल्याउने चाहना कुन प्रहरी कर्मचारीको नहोला ? त्यसैले हत्कडीको प्रयोग गरिन्छ । यसरी हत्कडी प्रयोग गर्दा प्रहरीले खाली कानूनलाई टेकेर मात्र नगरी व्यवहारिक पाटोबाट हेरी प्रयोग नगरेको पनि हुन सक्दछ ।
अपराध र हत्कडी एक आपसमा परिपूरकको रुपमा आएको पाइन्छ । जहाँ अपराध त्यहाँ हत्कडी । यदि अपराधी वा अभियुक्त प्रहरीको पन्जाबाट उम्केमा अपराधको सँजायबाट उम्कन भागेको अर्थमा होइन कि प्रहरीले कति घुस खाएर भगायो ? प्रहरी संगठन कति कमजोर हो, एउटा अभियुक्तको पनि सुरक्षा गर्न नसक्ने ? माथिको आदेशमा भगाएको हुनुपर्छ भन्दै सुरक्षाको जिम्मा लिने कर्मचारीदेखि प्रहरी संगठनकै इज्जत र प्रतिष्ठामा प्रश्नचिन्ह खडा हुन्छ ।
हत्कडी नलगाएमा अपराधी उम्काउने खेल खेलेको, दण्डहीनताको पराकाष्टा, कानूनी राज्य नभएको आदि टिकाटिप्पणी पत्रपत्रिकादेखि सामाजिक सञ्जालसम्म ब्याप्त हुन्छ । अर्कातिर पीडित पक्षले न्याय नपाएको अनुभूत गर्नुका साथै अव छुट्ने भयो, हाम्रो असुक्षा हुने भयो भन्ने चिन्ताले ग्रसित हुन पुग्दछ ।
प्रहरी संगठनभित्र पनि हत्कडी नलगाउने प्रहरीलाई कायर, लुते, रकमको आशामा हत्कडी नलगाएको आदि आदिको उपनाम दिने गरिन्छ । अदालतबाट फैसला भएर न्यायको अनुभूत गर्ने कहिले हो कहिले तर अभियुक्तको हातमा हत्कडी पर्नासाथ पीडित पक्षले न्याय पाएको अनुभूत गर्ने, अनुसन्धान ठीक ढंगले हुँदैछ भन्ने अनुभूत गर्ने हाम्रो पुरानो सामाजिक परम्परा भइसकेको छ ।
अभियुक्तको हातमा हत्कडी पर्नासाथ अरू अपराध गर्ने मानिस हतोत्साही हुने, अपराधिक प्रवृत्तिको मनोबल कमजोर हुने र आम जनमानस सुरक्षित छौं भन्ने सन्देश जाने अवस्थाको सिर्जना हुन्छ । आफ्नो मानिस वा आफूले मन पराएको मानिसलाई हत्कडी लगाएको देख्न सुन्न कोही चाहँदैन । तर आफ्नो मानिसउपर कुनै अपराध भयो भने अभियुक्तको हातमा तुरुन्त हत्कडी लगाएको हेर्न र सुन्न चाहने आम मानिसको साझा चाहना हो ।
प्रहरी संगठनभित्र पनि हत्कडी नलगाउने प्रहरीलाई कायर, लुते, रकमको आशामा हत्कडी नलगाएको आदि आदिको उपनाम दिने गरिन्छ । अदालतबाट फैसला भएर न्यायको अनुभूत गर्ने कहिले हो कहिले तर अभियुक्तको हातमा हत्कडी पर्नासाथ पीडित पक्षले न्याय पाएको अनुभूत गर्ने, अनुसन्धान ठीक ढंगले हुँदैछ भन्ने अनुभूत गर्ने हाम्रो पुरानो सामाजिक परम्परा भइसकेको छ ।
यसको अर्थ सबै अवस्थामा हत्कडी लगाएको हुनुपर्छ, यसमा अरू कुनै व्यवहारिक पक्ष हेरिन्छ वा हेरिंदैन भन्ने कुरा महत्त्वपूर्ण हो । प्रहरी कार्यालयहरूले बेलाबेलामा हत्कडी लगाउने सम्बन्धमा परिपत्र, निर्देशिका बनाउने, हत्कडी प्रयोग सम्बन्धमा छुट्टै कोर्ष बनाएर तालिम दिने समेत गरेको पाइन्छ ।
कस्तो अवस्थामा अभियुक्तलाई हत्कडी लगाइँदैन ?
बालबालिकाबाहेक पनि बढी उमेरको अभियुक्त, रोगी बिरामी, गर्भवती महिला, भर्खर सुत्केरी भएकी महिला, अभियुक्त संख्या कम भएमा, निजलाई हुने सजाय ज्यादै कम भएमा, भाग्न–उम्कन सक्ने अवस्था नभएमा र इजलास समक्ष उपस्थित गराउँदा पनि अभियुक्तलाई हत्कडीको प्रयोग गरिएको हुँदैन । तर अपराधी कथम्कदाचित भागेमा सम्बन्धित प्रहरी कर्मचारीहरू कारबाहीको शिकार भने अवश्य नै हुन्छ ।
त्यसैगरी हाईप्रोफाइलका अभियुक्त (ठूला राजनीतिज्ञ, ब्यापारी वा कतैबाट सोर्स आएमा वा आफ्नो नातेदार साथीभाइ) पक्राउ परेमा यदाकदा प्रहरीका उच्च अधिकारीहरुले तलका दर्जालाई हत्कडी नलगाउने मौखिक आदेश दिएका हुन्छन् । त्यसरी आदेश दिएमा तलका दर्जाका प्रहरीलाई नमान्न ज्यादै गाह्रो हुन्छ । हत्कडी नलगाउँदा काम नसकिने बेलासम्म र कार्यालयमा फिर्ता नआउने बेलासम्म कुन बेला अभियुक्त भाग्छ र जागिर चैट् हुन्छ भन्ने त्रासले उनीहरूलाई सताएको हुन्छ । यदि भागिहालेमा मौखिक आदेश दिनेले मैले हत्कडी नलगाउन भनेको कारणले भागेको हो, तलको दर्जाको कर्मचारीको गल्ती होइन भन्दैन, उल्टै कारबाहीको फाइल आफैं उठाउछ र आफूले मौखिक आदेश दिएको होइन भनेर दलिल पेश गर्छ ।
अनि प्रायः जसो हत्कडी लगाउने कुरामा प्रहरीलाई राजनीतिक व्यक्ति र उच्चतहका अधिकारीहरूबाट दबाब आउँछ । यदि उनीहरुले भनेको नमान्ने हो भने सरुवा गरिदिने बढुवामा पछि पार्ने कार्यसमेत गर्दैआएको दृष्टान्तको पनि कमी छैन । अव कस्तो अवस्थामा कस्ता व्यक्तिलाई हत्कडी लगाउने र कस्तोलाई नलगाउने कुरा गृहमन्त्रालयबाट निर्देशिका बनाई लागू गर्नुपर्ने आजको टड्कारो आवश्यकता रहेको भन्नुपर्ला ।
हाईप्रोफाइलका अभियुक्त (ठूला राजनीतिज्ञ, ब्यापारी वा कतैबाट सोर्स आएमा वा आफ्नो नातेदार साथीभाइ) पक्राउ परेमा यदाकदा प्रहरीका उच्च अधिकारीहरुले तलका दर्जालाई हत्कडी नलगाउने मौखिक आदेश दिएका हुन्छन् । त्यसरी आदेश दिएमा तलका दर्जाका प्रहरीलाई नमान्न ज्यादै गाह्रो हुन्छ । हत्कडी नलगाउँदा काम नसकिने बेलासम्म र कार्यालयमा फिर्ता नआउने बेलासम्म कुन बेला अभियुक्त भाग्छ र जागिर चैट् हुन्छ भन्ने त्रासले उनीहरूलाई सताएको हुन्छ । यदि भागिहालेमा मौखिक आदेश दिनेले मैले हत्कडी नलगाउन भनेको कारणले भागेको हो, तलको दर्जाको कर्मचारीको गल्ती होइन भन्दैन, उल्टै कारबाहीको फाइल आफैं उठाउछ र आफूले मौखिक आदेश दिएको होइन भनेर दलिल पेश गर्छ ।
अभियुक्तलाई हत्कडी लगाउनुका पछाडि निजकै सुरक्षाका लागि हो भन्ने कुरा धेरैले महसुस गर्दैनन् । कतिपय अवस्थामा पक्राउ गर्ने कर्मचारीको संख्या कमी भएमा हत्कडी नलगाएको अभियुक्तलाई पीडित पक्षले कब्जामा लिएर कुटपिट गर्ने, कालोमोसो लगाउनेसम्मको कुनै पनि कार्य हुनसक्छ । निज हाम्फालेर वा गुडिरहेको गाडीमुनी छिरेर पनि आत्महत्या गर्न सक्दछ । यस्तो हुनबाट बचाउन पनि हत्कडीको प्रयोग गर्नुपर्ने हुन्छ ।
हत्कडीलाई मुद्दा जीतहारको रुपमा लिने वा आफ्नो अस्तित्व समाप्त भएको अर्थमा लिने गर्नुहुँदैन । जति बढी हाईप्रोफाइल भयो, उति नै बढी जिम्मेवार बनेर प्रहरीले हत्कडी लगाउन नखोजे पनि अभियुक्त आफैंले हात पसारेर मलाई हत्कडी लगाउनुहोस् भन्नुपर्दछ । मैले यिनै हातले तपाईंको काँधमा फुली लगाइदिएको हुँ, मेरै हातमा हत्कडी नलगाउनुहोस् भनेर आर्तनाद गर्नुको कुनै अर्थ छैन ।
नेपाल प्रहरीका पूर्व आइजीपी डीबी लामाले आफ्नै बाबुलाई पक्राउ गरेर हत्कडी लगाउँदै ‘बुबा मैले हजुरलाई हत्कडी लगाएको होइन, कानूनले हो’ भनेर बाबुलाई पक्राउ गरेर हत्कडीसहित दाखिला गर्ने प्रहरी कर्मचारी राज्यलाई खाँचो छ ।
अच्युतकृष्ण शरण राष्ट्रको इतिहास र भूगोलको कालखण्डमा केही यस्ता यक्षप्रश्नहरू खडा हुन्छन्, जसले केवल राजनीतिक नक्साको सिमाना मात्र कोर्दैनन्, बरु राष्ट्रिय स्वाभिमान, नेतृत्वको नैतिक चरित्र...
वालेन शाह सरकार गठन भएको भए ४० दिन भयो । सपनाको सय बुँदा बाचा प्रतिबद्वता जे भए पनि कार्यशैली प्रजातान्त्रिक देखिएन । १. प्रधानमन्त्री पद...
कुमार दाहाल काठमाडौं । राजनीतिभित्रको मनोविज्ञान र विचारले कर्मचारीतन्त्रको स्वरूप निर्धारण गर्छ । कर्मचारीतन्त्रको इतिहास र दर्शन जे भएपनि यसको संरचना र सङ्ख्या राजनीतिको इच्छा...
सन्तोष चिमरिया ज्ञानेन्द्र शाह पनि साइत र नायकत्व दुबैमा बेजोड आस्था राख्थे । उस्तो बोल्दैनथे तर नमस्कारसम्म चाहिँ होलसेलमा सबैको फर्काउँथे । राम्रो पक्ष चाहिँ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित बालेन्द्र साह (बालेन) ले यही चैत १३ गते शपथ खाँदैछन् । प्रधानमन्त्रीको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend