Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यार्सा टिप्न मुगु गएका जुम्लाका तीन जनाको हिमपहिरोमा परी मृत्यु


    आइतबार, बैशाख २४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मुगु हिमपहिरोमा परेर तीन जनाको ज्यान गएको छ । च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

    मृत्यु हुनेमा जुम्लाको पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोरा रहेका छन् ।

    यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार दुई जना सकुशल रहेको छन् । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार