Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दार्चुलामा हिमपहिरो – यार्सागुम्बा टिप्न गएका पाँच जना अझै बेपत्ता


    मंगलबार, बैशाख १९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा पाँच जना अझै बेपत्ता छन् । मंगलबार दिउँसो गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका चार जना महिला र एक जना पुरूष अझै सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले बताएको छ।

    हिमपहिरोमा फसेका सात जना भने सम्पर्कमा आएको बताइएको छ । ब्याँसमा अहिले पनि वर्षा र हिमपात भइरहेकाले उक्त ठाउँमा हेलिकप्टर पठाउन सक्‍ने अवस्था नरहेको जिप्रकाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार