Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हिमपहिरोमा परेर तीन जना बेपत्ता, दुई जना घाइते


    आइतबार, जेष्ठ ७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बझाङमा हिमपहिरोमा परेर तीन जना बेपत्ता भएका छन् । आज बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

    अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको बताइएको छ । तर, घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने कार्यालयले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

    हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन । उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार