Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनमतका कुशवाहले घटाए उपेन्द्र यादवसँगको मतान्तर


    मंगलबार, बैशाख १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बारा २ को उपनिर्वाचनको मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर घटाउँदै लगेका छन् । महागढीमाई नगरपालिकाको मतगणना भइरहँदा जनमत पार्टीका उम्मेदवार कुशवाहाले मतान्तर घटाएका हुन्।

    जसपाका उम्मेदवार उपेन्द्र यादवले १८ हजार ८०८ मतका साथ अग्रता कायम राख्दा जनमतका कुशवाहाले १५ हजार ४८५ मत पाएका छन् । आज मध्यान्हसम्म उपेन्द्रले ५ हजार बढी मतले लिड गरेका थिए । तर, अहिले उनीहरुबीच ३ हजार ३२३ मतको मतान्तर देखिएको छ ।

    नेकपा एमालेका पुरुषोत्तम पौडेल ५ हजार ५६३ मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २ हजार २६८ मतका साथ चौथो स्थानमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार