काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले यही वैशाख १० गते आइतबार सम्पन्न उपनिर्वाचनका दिन आफू कुनै उम्मेदवारको पक्ष विपक्षमा नभई नातेदारको आमन्त्रणमा बारा क्षेत्र नं. २ को पचरौता नगरपालिकामा गएको निर्वाचन आयोगलाई स्पष्टीकरण दिएका छन्।
निर्वाचन आयोगले मुख्यमन्त्री यादवलाई स्पष्टीकरण सोधेको थियो । ‘बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।
‘बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत हुने गरी के-कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो?’ भनी आयोगले स्पष्टीकरण सोधेको हो।
सो विषयमा मुख्यमन्त्री यादवले आयोगमा पेस गरेको स्पष्टीकरणमा उनले आफूले निर्वाचन प्रयोजनका लागि नभई त्यहाँ व्यक्तिगत कामले गएकोमा सरकारी गाडी प्रयोग नगरी मुख्य निर्वाचन अधिकृतबाट स्वीकृति लिएको निजी गाडी प्रयोग गरेकाले निर्वाचन आचारसंहिताको उलङ्घन हुने कुनै पनि कार्य नगरेको स्पष्ट परेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend