Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, भोलि निजी निवासमा सर्ने


    आइतबार, फाल्गुन २८ २०७९
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ । उनको दोस्रो चरणको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो।

    नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । सोही कारण उनी शीतलनिवासबाट बूढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ । उनी भोलि मात्रै निजी निवासमा सर्ने बताइएको छ ।

    भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार