काठमाडौं । हिमाली जिल्ला मनाङमा हिमपात हुन थालेको छ। प्राकृतिक रूपमा हेर्ने हो भने मंसिरको पहिलो साता हिमपात हुनुपर्ने हो। तर, यसपटक समय सकिएपछि हिमपात भएको छ। यस वर्ष बेमौसममा हिमपातको सुरुवात भएको हो।
समयभन्दा ढिला गरी मनाङमा हिमपात भएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले बताइन् । तल्लो मनाङमा हिउँ परेपछि स्थानीयवासी खुसी भएका उनले बताए। मनाङमा फागुनको तेस्रो साता लागेपछि मात्रै केही मात्रामा हिमपात भएको प्रजिअ खनालको भनाइ छ।
‘यस वर्ष हिमपात हुँदैन कि भन्ने डर लागेको थियो, आजदेखि अलि बढी हिमपात भएको छ, खुसी लागेको छ, हिमपात भएन भने उत्पादन नहुनुका साथै सुक्खापन आउन सक्ने सम्भावना थियो,’ ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले भने।
ढिला गरी परेको हिमपातले जमिनको सतहमात्रै भिज्ने हुँदा उत्पादन खासै नबढ्ने उनले बताए। ‘यहाँको मुख्य बाली आलु र करु हो। चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । तर, यसपटक ढिला गरी पर्यो, माटो राम्ररी नभिजे पनि सुक्खापन कम हुन्छ,’ किसान गुरुङले भने, ‘जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनि नपुग्दै माथि नै सुक्छ। चिस्यान नभए खेतीबालीलाई पुग्दैन र राम्रो उत्पादन हुँदैन, तर पनि हामी किसान खुसी भएका छौँ।’
उनका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर गर्छ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend