Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात, सडक र विद्युत अवरुद्ध


    शनिबार, माघ १० २०८२
    530
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बैतडी ।  देशका पश्चिमी क्षेत्रको केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ । गण्डकीदेखि पश्चिमका केही ठाउँमा हिजो बेलुकीदेखि हल्का वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् ।

    बैतडीको अनारखोली, खोडपे, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि नै अवरुद्ध रहेका हुन् ।

    रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्णरूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
    सिंहका अनुसार रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प छन । पुनः सञ्चालनका लागि पहल सुरु गरिएको छ ।

    हिमपातले राजमार्ग र विद्युत् सेवा अवरुद्ध

    त्यस्तै, डडेल्धुराको साहुखर्क, हगुल्टेल क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको छ । दार्चुला, बझाङ, डोटी र डडेल्धुराका उच्च लेकाली भेगमा पनि शुक्रबार बेलुकादेखि वर्षासँगै हिमपात भएको प्रहरीले जनाएको छ ।

    यो वर्ष पहिलो पटक परेको हिउँदे वर्षा र हिमपातपछि यहाँका किसानहरूले खुसी व्यक्त गरेका छन । चार महिनादेखि वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएको अवस्थामा अब बाली सप्रिने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार