Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना


    शुक्रबार, फाल्गुन ८ २०८२
    475
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले तराईका केही स्थानमा हुस्सु लागेको छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भागका साथै अन्य प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
    त्यसैगरी आज राति तराईका केही स्थानमा तुवाँलो लाग्नेछ ।

    कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने छ भने बाँकी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार