काठमाडौं । नेपालबाट खानेतेल निकासी उच्च दरले घटेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो ७ महीनाको आयातनिर्यात सम्बन्धी तथ्यांकले नेपालबाट खानेतेलको निकासी निकै घटेको देखाएको हो ।
उक्त अवधिमा सबैभन्दा बढी ९१ दशमलव २ प्रतिशतले सूर्यमुखी तेल निकासी घटेको छ । गत आवको साउन–माघमा नेपालबाट २ अर्ब ६३ करोड ९७ लाख रुपैयाँको सूर्यमुखी तेल निकासी भएकोमा यो वर्ष सोही अवधिमा २३ करोड २८ लाख रुपैयाँको मात्रै निर्यात भएको छ ।
भटमास तेलको निकासीमा ७७ दशमलव ५ प्रतिशतले कमी आएको छ । पोहोर साउन–माघमा ३६ अर्ब ८५ करोड ३४ लाख रुपैयाँको भटमास तेल निकासी भएकोमा यसपालि ८ अर्ब २७ करोड ७५ लाख रुपैयाँको मात्रै निकासी भएको छ । त्यसैगरी पाम तेलको निकासी ३४ अर्ब १५ करोड ५५ लाख ६४ हजार रुपैयाँबाट १३ अर्ब ९२ करोड ६७ लाख ३० हजार रुपैयाँमा ओर्लेको छ । यो ५९ दशमलव २ प्रतिशतको गिरावट हो ।
पछिल्लो समय भारतले तेल आयात नीति फेर्दै सोको आयातमा लाग्दै आएको शुल्क घटाएपछि नेपालबाट तेल निर्यात घटेको उद्योगी मनोज तापडियाले बताए । केही अघिसम्म कच्चा तेल उत्पादकलाई संरक्षण गर्ने नीतिअनुरूप भारतले दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र ९साफ्टा० बाहेकका मुलुकबाट कच्चा तेल आयात गर्दा ४० प्रतिशतसम्म शुल्क लिन्थ्यो । साफ्टा क्षेत्रका मुलुकबाट खानेतेल आयात गर्दा साफ्टा सुविधाअन्तर्गत ५ प्रतिशतमात्र शुल्क तिरे पुग्थ्यो ।
भन्सार शुल्कमा रहेको उक्त अन्तरको फाइदा लिन नेपाली उद्योगीले विदेशबाट कच्चा खानेतेल आयात गरी प्रशोधन गरेर भारत निकासी गर्दै आएका थिए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend