काठमाडौं । नेपालबाट खानेतेल निकासी उच्च दरले घटेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो ७ महीनाको आयातनिर्यात सम्बन्धी तथ्यांकले नेपालबाट खानेतेलको निकासी निकै घटेको देखाएको हो ।
उक्त अवधिमा सबैभन्दा बढी ९१ दशमलव २ प्रतिशतले सूर्यमुखी तेल निकासी घटेको छ । गत आवको साउन–माघमा नेपालबाट २ अर्ब ६३ करोड ९७ लाख रुपैयाँको सूर्यमुखी तेल निकासी भएकोमा यो वर्ष सोही अवधिमा २३ करोड २८ लाख रुपैयाँको मात्रै निर्यात भएको छ ।
भटमास तेलको निकासीमा ७७ दशमलव ५ प्रतिशतले कमी आएको छ । पोहोर साउन–माघमा ३६ अर्ब ८५ करोड ३४ लाख रुपैयाँको भटमास तेल निकासी भएकोमा यसपालि ८ अर्ब २७ करोड ७५ लाख रुपैयाँको मात्रै निकासी भएको छ । त्यसैगरी पाम तेलको निकासी ३४ अर्ब १५ करोड ५५ लाख ६४ हजार रुपैयाँबाट १३ अर्ब ९२ करोड ६७ लाख ३० हजार रुपैयाँमा ओर्लेको छ । यो ५९ दशमलव २ प्रतिशतको गिरावट हो ।
पछिल्लो समय भारतले तेल आयात नीति फेर्दै सोको आयातमा लाग्दै आएको शुल्क घटाएपछि नेपालबाट तेल निर्यात घटेको उद्योगी मनोज तापडियाले बताए । केही अघिसम्म कच्चा तेल उत्पादकलाई संरक्षण गर्ने नीतिअनुरूप भारतले दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र ९साफ्टा० बाहेकका मुलुकबाट कच्चा तेल आयात गर्दा ४० प्रतिशतसम्म शुल्क लिन्थ्यो । साफ्टा क्षेत्रका मुलुकबाट खानेतेल आयात गर्दा साफ्टा सुविधाअन्तर्गत ५ प्रतिशतमात्र शुल्क तिरे पुग्थ्यो ।
भन्सार शुल्कमा रहेको उक्त अन्तरको फाइदा लिन नेपाली उद्योगीले विदेशबाट कच्चा खानेतेल आयात गरी प्रशोधन गरेर भारत निकासी गर्दै आएका थिए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend