काठमाडौं । सिरिया र टर्कीमा हालै गएको महाविनाशकारी भूकम्पका पीडितको केही सहायताका लागि फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डोले ठूलो मात्रामा सहयोग गरेका छन् ।
साउदी क्लब अल नासरका लागि खेलिरहेका पोर्चुगिज सुपरस्टारले भूकम्प प्रभावित क्षेत्रका दुःखद दृश्यहरुबाट भावुक हुँदै सहयोग र हेरचाहका लागि थुप्रै सामानहरुले भरिएको विमान त्यस क्षेत्रमा पठाएका छन् ।
रोनाल्डोले सिरिया र टर्कीमा मानवीय सहायताका लागि टेन्ट, खानेकुरा, लत्ता कपठा, शिशुका लागि खाना र दूध, चिकित्सकीय सामग्री लगायत ३ लाख ५० हजार अमेरिकी डलरबराबरको सरसामान पठाएका हुन् ।
आफ्नो आम्दानीको केहि हिस्सा सामाजिक कार्यका लागि दान गर्दै आएका उनले यसअघि आफ्नो देश पोर्चुगलमा बालबालिकाको मस्तिष्क शल्यक्रियाका लागि ८३ हजार अमेरिकी डलर र क्यान्सर केन्द्र स्थापनाका लागि १ लाख ६५ हजार डलर दान गरेका थिए ।
एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि सोमबार राजधानी तेहरानमा विशाल शोक जुलुस सुरु भएको छ । खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय...
काठमाडौं । अफगानिस्तानकोमा फरि भुकम्पको धक्का महसुस गरेको छ । सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५।६ तीव्रताको भूकम्प बताइएको छ । यो पछिल्ला छ...
एजेन्सी । दक्षिण अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । आज बिहान ड्रेक जलमार्ग केन्द्रविन्दु बनाएर ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का...
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार्दै देशले चाहेभन्दा धेरै लक्ष्य हासिल गरेको प्रतिक्रिया दिएका छन् । इजरायलको मन्त्रिपरिषदको...
रौतहट । भारत पाकिस्तान बीच युद्द हुने जस्तो तनावग्रस्त अवस्थामा भारत बिहार मोतीहारी जिल्ला अन्तर्गत शंकास्पद ४ जना चिनीया नागरिक पक्राउ परेका छन्। मोतीहारी जिल्ला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend