काठमाडौं । अफगानिस्तानकोमा फरि भुकम्पको धक्का महसुस गरेको छ । सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५।६ तीव्रताको भूकम्प बताइएको छ । यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो।
भूकम्पको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको थियो । यसबीच अघिल्लो भूकम्पमा ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दै गएको छ।
बीबीसीका अनुसार, बिहीबार स्थानीय समयअनुसार राति ८:५६ बजे भूकम्प गएको हो। नंगरहार र कुनार प्रान्तमा धक्का महसुस भएपछि स्थानीय मानिसहरू आत्तिएर आफ्ना आश्रयस्थलहरूबाट बाहिर निस्किए।
यद्यपि, बिहीबार रातिको भूकम्पमा जनधनको क्षतिको कुनै आधिकारिक पुष्टि भएको छैन। बीबीसीले जनाएअनुसार त्यहाँको अस्पतालमा १७ जना घाइते ल्याइएका छन् ।
संयुक्त राष्ट्रको मानवीय मामिला समन्वय कार्यालयका अनुसार आइतबार गएको भूकम्पमा अहिलेसम्म १,३६८ जनाको मृत्यु भएको छ भने २,१८० जना घाइते भएका छन्। यी तथ्याङ्क २५ वटा गाउँबाट आएको प्रतिवेदनमा आधारित छन्।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend