रौतहट । भारत पाकिस्तान बीच युद्द हुने जस्तो तनावग्रस्त अवस्थामा भारत बिहार मोतीहारी जिल्ला अन्तर्गत शंकास्पद ४ जना चिनीया नागरिक पक्राउ परेका छन्।
मोतीहारी जिल्ला अन्तर्गत हरैया थाना क्षेत्रको नेपाल भारत सीमामा रहेको मितेरी पुल हुँदै भारत प्रवेश गरेका ४ जना चिनीया नागरिक लाई बुधवार भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चीन हुनान प्रान्तका डेन विजोन ,लीं युन्गाघौई, हि क्युँ हैनसेन र हुवाग लिविंग रहेको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले बताए ।
भारतीय सीमा सुरक्षा बल एसएसबी र मोतिहारी पुलिसले बिना भिसा अवैध रूपमा भारतीय क्षेत्रबाट चारैजना चिनीया नागरिक लाई पक्राउ गरेको एसपी प्रभातले बताए । भारतिय क्षेत्रमा प्रवेश गर्दैगर्दा पक्राउ परेका चिनीया नागरिक माथी हरैया थानामा (प्राथमिकी) एफआईआर दर्ता गरी अनुसन्धान तथा कार्वाही शुरू गरिएको एसपी प्रभातले जानकारी दिएका छन्।
चारैजना नेपाल सीमाबाट अवैध रूपमा भारत प्रवेश गरिरहेका थिए। पक्राउ परेका मध्ये एकजना महिला पनि छिन्। उक्त महिलाले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेकी भारतीय प्रहरीले जनाएको छ। हाल उनीहरू मोतीहारी प्रहरीको नियन्त्रणमा लिएर सुरक्षा एजेन्सीहरूले सोधपुछ गरिरहेका छन्।
चारैजना भारतीय नागरिकलाई आज जिल्ला अदालत मोतीहारीमा उपस्थित गराइने भारतीय प्रहरीको योजना रहेको छ। पक्राउ परेकी महिलाले आफूलाई नेपालको नागरिक भएको दाबी गर्दै हिन्दी, नेपाली, अंग्रेजी र चिनियाँ भाषा बोल्ने गरेकी प्रहरीको भनाई छ। उक्त महिलासँग पाकिस्तानी नम्बरहरू फेला परेकाले महिलाको सम्बन्ध पाकिस्तानसँग हुनसक्ने भारतीय प्रहरीको अनुमान छ।
ती चारैजना चिनियाँ नागरिक एक हप्तादेखि नेपालको राजधानी काठमाडौँमा बसेर बुधवार किन अवैध रूपमा भारत प्रवेश गर्न खोजेको हो अनुसन्धानको बिषय रहेको भन्दै भारतीय सुरक्षा एजेन्सीले बिशेष रुपमा सोधपुछ गरिरहेको बुझिएको छ।
भारतीय सेनाले पाकिस्तान माथी मंगलवार राती अपरेशन सिन्दूर चलाएपछि अबैध घुसपैठ हुनसक्ने आशंकामा नेपालका सशस्त्र प्रहरीका साथै भारतीय सीमा सुरक्षा बल एसएसबीले भारत र नेपालको सीमाना हाई अलर्ट बनाएको छ। भारतीय सीमामा नेपालबाट आउने र जाने सबै मानिसहरूको निगरानी तथा राम्ररी जाँच भइरहेको छ । भारत प्रवेश गर्ने मानिसको एसएसबिले अनिवार्य परिचयपत्र जाँच गरिरहेका छन्।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend