अश्विन दानी
गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा एमालेले बिरोध गरेपछि अझै पनि मतगणना सुरु हुन सकेको छैन । मतगणना भन्दा पहिले सर्वदलीय बैठक बस्नु अघि निर्वाचन अधिकृतले माओवादी र कांग्रेसँग मात्रै छलफल गरेको भन्दै एमालेले बिरोध गरेपछि मतगणना सुरु हुन नसकेको हो ।
‘सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने भन्ने थियो । तर, बैठक बस्नु अघि अधिकृतले एमालेलाई छाडेर कांग्रेस, माओवादीसँग मात्रै छलफलमा बसे । अनि हामीले बिरोध गयौँ । त्यसपछि सर्वदलीय बैठकपनि बस्न सकेको छैन’, एमालेका पालिका अध्यक्ष सुक बहादुर गुरुङले भने ।
आज साँझ करिब ८ बजेदेखि गाउँपालिकाको केन्द्र फिलिममा मतगणना सुरु गर्ने तयारी थियो । तर, सात बजेतीर अधिकृत नानीबाबु पोखरेलले एमालेलाई वाहेस गरेर छलफलमा बसेको भन्दै बिरोध सुरु भएको छ ।
निर्वाचन अधिकृत नानीबाबु पोखरेल भने एमालेका प्रतिनिधीको बुझाई गलत भएको बताउँछन् ।
उनले भने, ‘सर्वदलीय बैठकबस्नु अघि अर्कै बिषयमा दुई दलहरुसँग छलफल गरेका थियौँ । उहाँहरुको बुझाई गलत भयो । सर्वदलीय बैठकमा सबै दलहरुलाई बोलाईन्छ’, अधिकृत पोखरेलले भने ।
अहिले प्राबिधिक कुराहरु मिलाईरहेको बताउँदै सबै ब्यबस्थापन सकेपछि मतगणना सुरु गर्ने उनले बताए । भौगोलिक विकटता र सडक सञ्जाल नजोडिएका कारण यस पालिकामा दुई दिन पैदल हिँडेर मतगणना स्थलसम्म मतपेटिका संकलन गरिएको छ ।
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend