काठमाडौँ । नेकपा एमाले प्रदेश एकका सह–इञ्चार्ज समेत रहनु भएका पूर्वमन्त्री भानुभक्त ढकालले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेको असन्तुष्ट समूहमा अहिले तीन थरी विचारको तप्का रहेको बताउनु भएको छ ।
नेकपा एमाले प्रदेश नम्बर एक सम्पर्क कमिटीको पाँचौ पूर्ण बैठकलाई सम्वोधन गर्दै नेता ढकालले यस्तो बताउनु भएको हो । ‘अहिले असन्तुष्ट समूहमा क्षणिक आवेगमा आएर नेतृत्वको रिस गरे पनि सम्पूर्ण रुपमा एमालेलाई समाप्त पार्नु हुँदैन, पार्टी विगार्नु हुँदैन, कमी–कमजोरी केही छन् भने त्यसलाई पार्टी भित्रैबाट समाधान गर्नुपर्छ पार्टी छाडेर जानुहुँदैन भन्ने एउटा ठूलो तप्का छ,’ ढकालले भन्नुभयो, ‘त्यो एमालेलाई साच्चै माया गर्ने तप्का हो । संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत एमाले फुटाउने षडयन्त्र भयो भने यो तप्का एमाले छाडेर जाँदैन भन्ने मलाई विश्वास छ ।’ उहाँले एउटा समूह कुनै हालतमा पनि एमालेमा नरहने ठोकुवा गर्नुभयो ।
‘त्यहाँ अर्को एउटा प्रवृत्ति छ । त्यो माओवादी अध्यक्ष प्रचण्डको कार्यकर्ता बन्न चाहन्छ । जति प्रयास गरे पनि त्यो तप्का एमालेमा रहँदैन,’ उहाँले भन्नुभयो, ‘अर्को एउटा पङ्क्ति जो अहिलेको अभियानमा असन्तुष्ट समूहलाई साथ दिइरहेको छ । त्यो पङ्क्ति पार्टी विभाजन हुने अवस्था भयो भने यता–उता कतै पनि नलाग्ने बरु निक्रिय भएर बस्ने निराशावादी पङ्क्ति पनि छ ।’ उहाँले अहिले एमाले छाडेर जानु हुँदैन भन्ने पङ्क्तिलाई १० बुँदेको आधारमा अघि बढाउने कुरामा बढी जोड दिएर पार्टी एकतालाई बलियो बनाउनुपर्नेमा जोेड दिनुभयो ।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गरेर काँग्रेसको नेतृत्वमा सरकार बनाउने कुरा प्रगतिशील हो, अग्रगमन हो भन्नेहरु प्रगतिशील हुनै नसक्ने उहाँले दाबी गर्नुभयो । ‘दक्षिणपन्थीको नेतृत्वमा सरकार निर्माण गरेर केही थान मन्त्री पदको प्रतिक्षामा दौरा–सुरुवाल सिलाउनेहरु प्रगतिशील हुनै सक्दैनन्,’ उहाँले भन्नुभयो । उहाँले कम्युनिष्ट पार्टीकै इतिहासमा गरेको जघन्य अपराध गर्नेहरुलाई प्रगतिशील र अग्रगमनकारी भन्न नसकिने बताउनुभयो । ‘आफ्नो पार्टीको प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबेलामा फ्लोर क्रस गर्ने र प्रतिक्रियावादी शक्तिलाई जिताउन मतदान गर्ने प्रगतिशील होइनन,’ उहाँले भन्नुभयो, ‘लामो समयदेखि हामीसँग अगाध प्रेम रहेका साथीहरु जति मति विगारे पनि डुक्रिए पनि घरमै बसिदिए हुन्थ्यो भन्ने लागेको छ । तर, हाम्रो मायाले मात्रै नहुने रहेछ । बैठकलाई सम्वोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य एवं सम्पर्क समन्वय कमिटी इञ्चार्ज छविलाल विश्वकर्माले नेकपा एमाले अहिले पनि बलियो प्रतिपक्षी दल रहेको भन्दै सरकारमा रहनु–नरहनुमा कुनै अर्थ नरहने बताउनुभयो ।
‘हामी बलियो राष्ट्रिय शक्ति हौँ,’ उहाँले भन्नुभयो, ‘असन्तुष्ट समूह अन्य दलसहितको गठबन्धन हुँदा पनि एमाले बलियो शक्ति हो ।’ नेकपा एमाले केन्द्रीय कमिटी सदस्य पासाङ शेर्पाले सुरुमा अंश नै दिन भन्दै आश्वासन दिने र अन्तिममा चम्चा पनि नदिने प्रवृक्ति प्रचण्डमा रहेको भन्दै माधव नेपाल समूहलाई उहाँको आश्वासनमा नफस्न आग्रह गर्नुभयो । ‘म पहिला एमाले छाडेर माओवादीमा गएँ, प्रचण्डलाई मैले बुझेको छु,’ उहाँले भन्नुभयो, ‘पहिला अंश दिने भन्नुहुन्छ, अन्तिममा चम्चा पनि दिनुहुन्न । त्यसैले उहाँको मायाजालमा नफस्नुहोला ।’ सम्पर्क कमिटीका अध्यक्ष इन्द्र भण्डारीले अब पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने बताउनुभयो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend