काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभामा संसदीय दलका नेता रामबहादुर थापाले आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुने बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा राजनीतिक शक्तिबीच तिब्र प्रतिस्पर्धा हुने बताएका हुन्। थापाले घटनाक्रममा अप्रत्याशित परिवर्तन नभए आगामी वर्ष २०८४ निर्वाचन र चुनावी संघर्षको वर्ष हुने उल्लेख गरे । उनले आगामी निर्वाचनमा पपुलिस्ट शक्तिहरूले आफ्नो राजनीतिक वर्चश्व कायम गर्न खोज्ने र त्यसको प्रतिवाद लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूले गर्नुपर्ने बताए । उनले स्थानीय तह, प्रदेश सभा, राष्ट्रियसभा र राष्ट्रपति पदमा आफूहरूले कायम राखेको राजनीतिक प्रभाव जोगाउन एमालेले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताए ।
त्यसका लागि पार्टीभित्रको एकता सुदृढ गर्न र राजनीतिक प्रतिस्पर्धीका गतिविधिप्रति सचेत रहन उनले नेता–कार्यकर्तालाई आग्रह गरे । थापाले पपुलिस्ट शक्तिहरूले देशभक्त तथा लोकतान्त्रिक दलहरूमा विभाजन ल्याउने, जनतामा भ्रम फैलाउने र सुशासन तथा सम्पत्ति छानबिनको नाममा राजनीतिक दमन बढाउने प्रयास गरिरहेको आरोपसमेत लगाए। उनले आगामी निर्वाचनलाई सामान्य चुनावका रूपमा लिन नहुने भन्दै नीति, नेतृत्व र जनता राजनीतिक संघर्षका मुख्य आधार भएको बताए । विगतको निर्वाचनमा एमालेले आफ्नो प्रमुख प्रतिस्पर्धी पहिचान गर्न र आफ्ना कमजोरी बुझ्न नसकेको समीक्षा गर्दै उनले आगामी निर्वाचनका लागि पार्टीले रणनीतिक तयारी गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘आगामी निर्वाचन असामान्य राजनीतिक परिस्थितिमा हुँदैछ । फागुनको घटनाक्रम दोहोरिन्छ वा त्यसमा क्रमभङ्ग हुन्छ भन्ने नै अहिलेको प्रमुख प्रश्न हो । घटनाक्रममा अप्रत्याशित परिवर्तन नभए २०८४ साल निर्वाचन र राजनीतिक संघर्षको वर्ष हुनेछ । आगामी निर्वाचनमा पपुलिस्ट तथा फासीवादी भनिएका शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीच प्रतिस्पर्धा हुने राजनीतिक आकलन गरिएको छ । संविधान संशोधनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकाले आगामी निर्वाचनको राजनीतिक महत्त्व अझ बढेको छ । यस परिस्थितिमा स्थानीय तह, प्रदेशसभा, राष्ट्रियसभा र राष्ट्रपति पदमा आफ्नो प्रतिनिधित्व कायम राख्ने चुनौती रहेको छ। त्यसका लागि हामीले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्न, आन्तरिक एकता सुदृढ बनाउन र राजनीतिक घटनाक्रमप्रति सचेत रहन आवश्यक छ । पपुलिस्ट शक्तिहरूले लोकतान्त्रिक तथा प्रगतिशील दलहरूलाई विभाजित गर्ने, जनतामा भ्रम सिर्जना गर्ने र सुशासन तथा सम्पत्ति छानबिनका नाममा राजनीतिक दबाब बढाउने प्रयास गरिरहेको वक्ताको आरोप छ । कमरेडहरू, कुनै पनि राजनीतिक संघर्षमा नीति, नेतृत्व र जनता मुख्य आधार हुन्। विगतको निर्वाचनमा हामीले आफ्ना प्रमुख राजनीतिक प्रतिस्पर्धीलाई सही रूपमा पहिचान गर्न सकेनौँ र आफ्नै कमजोरीहरूको पनि पर्याप्त समीक्षा गर्न सकेनौँ । अब ती कमजोरी सच्याउँदै एकता, स्पष्ट नीति र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिन आवश्यक छ ।’
चिनियाँ रणनीतिकार सुन जुको भनाइ उद्धृत गर्दै थापाले आफू र प्रतिस्पर्धी दुवैलाई चिन्नसके मात्रै राजनीतिक संघर्षमा सफलता प्राप्त गर्न सकिने बताए ।
काठमाडौैं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित स्थानीय तहका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले आज सूचना...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् । बिहीवार...
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नतिरेका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा...
काठमाडौं। नेपाली बजारमा आज बिहीबार सुन र चाँदीको भाउ घटेको छ।आज सुन प्रतितोला ३ हजार ३०० र चाँदी ४५ रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी...
काठमाडौँ। मकवानपुरको भीमफेदीमा फेरि अर्को सुमो दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बिहीबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend