काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति कटाक्ष गरेका छन् । उनले रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि समाज उल्टोबाटोतिर लागेको तथा जनताप्रति सरकार उत्तरदायी हुन नसकेको बताएका हुन् ।
काठमाडौँमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समाज अत्यन्त उल्टोबाटोतिर धकेलिँदै गएको भन्दै संस्कृति, सभ्यतामाथि चर्को हमला भइरहेको बताए ।
‘जनताप्रति अनुत्तरदायी सरकार, खर्बौ पैसा जम्मा भएको छ त्यो पैसा थान्को लागेर बसेको छ, पीडितहरु दुखमा पिल्सिरहेका छन्’, ओलीले भने, ‘सरकारले काम गर्दा सकिन्थ्यो तर केही पनि भएको छैन, शिक्षा विग्रदो छ, स्वास्थ्यस्थितिमा सुधार भएको छैन । अस्पतालबाट बाहिर निकालेर सडकमा प्रश्रव वेदनामा शिशुलाई जन्म दिनुपरेको छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली संसद विघटनसम्बन्धी मुद्दामा अदालत समेत चुपचाप लागेर बसिरहेको भन्दै असन्तुष्टि जनाए । ‘राज्यका अङ्गहरू, निकायहरू आफ्नो काम गर्न र कर्तव्य पालना गर्न सक्ने अवस्थामा छैनन्, कारण मैले भनिरहनुपर्दैन सबैलाई थाहा छ’, ओलीले भने, ‘यस्तो स्थितिमा देशको अस्मिता,स्वाधीनता, स्वाभिमान र सम्मानको रक्षा गर्न आवश्यक छ त्यसका लागि जनता अघि बढ्नुपर्ने अवस्था आइसकेको छ ।’ उनले जनतालाई झुक्काएर र जेनजी विद्रोहको बहाना बनाएर तालिमप्राप्त अपराधीलाई परिचालन गरेर वितण्डा मच्चाउने काम भएको दाबी गरे ।
‘प्रधानमन्त्री संसदमा नआउने, जतिवेला आउनुपर्ने अवस्था र कार्यक्रम थिएन, प्रधानमन्त्रीले हात उठाएर । नेपालजस्तो सानो देशले ठुलो देशको सीमा मिचेको छ भनेर दिएको अभिव्यक्ति समेत नच्चाउने, संसदको रेकर्डबाट हटाइएन’, उनले सभामुखलाई समेत केका लागि रेकर्ड राखेको भन्दै प्रश्न गरे ।
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा प्रधानमन्त्री बालेनले...
काठमाडौँ । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले आफ्नो सचिवालयको फेसबुक पेजमार्फत उक्त...
काठमाडौं । निर्वाचन प्रहरीको पोशाक खरिदका बारेमा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल र आईजीपी दानबहादुर कार्कीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन भइरहेका समाचार बारम्बार आइरहेका...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मङ्सिर ६ गते भारतको...
काठमाडौैं । सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेकोक छ । बुधबार नेपाल वायुसेवा निगमको आरए–४१० को उडानमार्फत्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend