Nepal Face
  • बिहिबार, ४ मंसिर २०८३
  • भीमफेदीमा फेरि अर्को सुमो दुर्घटना- ३ जनाको मृत्यु, ७ जना घाइते


    बिहिबार, मंसिर ४ २०८३
    45
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मकवानपुरको भीमफेदीमा फेरि अर्को सुमो दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बिहीबार बिहान ८ः३० बजे हेटौँडाबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेको हो ।

    सुमोमा चालकसहित १० जना सवार रहेका र ७ जना घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

    घाइते तथा मृतकलाई उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको छ । गएको कात्तिक २६ गते मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी गाडी दुर्घटनामा एकै परिवारका ६ जनासहित १४ जनाको मृत्यु भएको भएको ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार