काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) बाट सरकारले हटाएका दानबहादुर कार्कीको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई अन्तरिम आदेश छलफलमा झिकाएको छ।
आज बुधबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश छलफलमा झिकाउने आदेश दिएको हो।
कात्तिक १८ गते कार्कीलाई सरकारले हटाएपछि कार्कीले दिएको रिट २० गते दर्ता भएको थियो। रिटको पहिलो सुनुवाइ बुधबार भएको हो।
कार्कीले रिट निवेदनको अन्तिम किनारा नलागेसम्म आफूलाई हटाउने कात्तिक १८ को निर्णय कार्यान्वयन नगर्न र आफूलाई महानिरीक्ष्क पदमा रही कामकाज गर्न दिन अन्तरिम आदेश माग गरेका छन्।
केसीलाई नियुक्त गर्ने, दर्ज्यानी चिह्न प्रदान लगायतका सम्पूर्ण निर्णय बदर गर्न र रिटको सुनुवाइमा अग्राधिकार प्रदान गर्न पनि उनको माग छ।
उनको माग अनुसार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा सर्वोच्चले दुवै पक्षको कुरा सुनेर मात्रै निर्णय लिने भएको हो।
यस्तै, अदालतले सरकारसँग लिखित जवाफ पनि माग गरेको छ। कार्कीलाई आईजीपीबाट हटाउने निर्णयबारे कारण माग गरेको हो।
काठमाडौँ । धरानको बराह सहकारीको रकम हिनामिना प्रकरणमा शिवकुमार विश्वकर्मा (लामिछान) पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको गृहमन्त्री...
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबर नोट नष्ट गरेको छ । गत आर्थिक वर्ष केन्द्रीय बैंकले झुत्रा,...
काठमाडौं। निर्वतमान नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले दायर गरेको रिटमाथि बहस सकिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा बहस सकिएको हो। दुवै पक्षका कानुन व्यवसायीको...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा प्रधानमन्त्री बालेनले...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति कटाक्ष गरेका छन् । उनले रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि समाज उल्टोबाटोतिर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend