उपर्युक्त सम्बन्धमा तहाँ सम्पादक रहेको आकर्षक मिडिया प्रा.लि. द्वारा संचालित नेपालफेस डटकममा २०८३ कात्तिक २९ मा प्रकाशित ‘बजारमा कुनै पनि वाणिज्य बैंकले कर्जा नदिएर बन्द हुन लागेका कम्पनीलाई कर्पोरेट लोनका नाममा जथाभावी ऋण दिएको’ शीर्षकको समाचारमा यस एनआईसी एशिया बैंक लि. सँग सम्बन्धित सामग्री तथ्यहीन, आधारहीन तथा भ्रामक रहेकोले सो समाचारप्रति गम्भीर ध्यानाकर्षण तथा कडा आपत्ति रहेको व्यहोरा जानकारी गराउन चाहन्छौं ।
उक्त समाचारमा उल्लेख भएजस्तो यस बैंकबाट जथाभावी रूपमा कुनै कर्जा प्रवाह नभएको र उक्त समाचारमा उल्लेखित ग्राहकहरूलाई यस एनआई सी एशिया बैंक लि. मात्र नभई अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको समेत संयुक्त रूपमा कर्जा लगानी गरेको तथ्यलाई भ्रम सिर्जना हुनेगरी तथा कानूनबमोजिम रहे भएको व्यवसाय उपर भ्रामक रूपमा बन्द हुन लागेका कम्पनीहरू भनी संबोधन गरिएकोमा हाम्रो कडा आपत्ति रहेको जानकारी गराउन चाहन्छौं ।
बैंकले प्रचलित कानून, नेपाल राष्ट्रबैंकको नीति, निर्देशन तथा यस बैंकको नीति नियमभित्र रही निक्षेपकर्ताहरूको हितलाई अधिकतम मध्यनजर गरी कर्जा प्रवाह लगायतका बैंकिङ सेवा संचालन गरिरहेको हुँदा उक्त प्रकाशित समाचारले यस बैंकको मान–प्रतिष्ठा तथा विश्वसनीयता तथा समग्र बैंकिङ प्रणालीप्रति प्रतिकूल असर पर्नसक्ने गरी तथ्यविहीन सूचना सम्प्रेषण गरेको हुँदा तथ्यविहीन उक्त समाचारको खण्डन प्रकाशन गर्नुहुन अनुरोध छ ।
जयन्द्रबहादुर रावल, सहायक प्रमुख कार्यकारी अधिकृत, एनआईसी एशिया बैंक
हाम्रो भनाइ
सर्वसाधारण नागरिकको बचत र सेयर रहेको बैंकको बिषयमा आएका समाचार प्रकाशित गर्ने संचारमाध्यमको दायित्व हो ।
नेपालफेस डटकमका अध्यक्ष तथा प्रधानसम्पादक माधवप्रसाद पौडेलले २०८३ असोज ८ गते समाचारका बिषयमा एनआईसी एशिया बैंक र सूचना अधिकारी धीरेन्द्र वाग्लेको ईमेल ठेगानामा लिखित रुपमा प्रतिक्रियाका लागि पत्र पठाएका थियौं ।
लिखित रुपमा प्रतिक्रिया माग गर्दा ५२ दिनसम्म पनि त्यसको कुनै जवाफ आएन । मौखिक रुपमा बैंकका सूचना अधिकारी धीरेन्द्र वाग्लेको मोवाइल नं.९८…. मा सम्पर्क गर्दा प्रतिक्रिया पठाउँछौं भन्नुभयो । तर प्रतिक्रिया प्राप्त भएन ।
पुनः सूचना अधिकारी वाग्लेलाई प्रतिक्रिया पठाउनका लागि धेरै पटक मोवाइल र ह्वाट्सएपमा एसएमएस पठायौं । तर इमेलमा पत्र प्राप्त गरेको ५२ दिनसम्म पनि समाचारको बिषयमा प्रतिक्रिया प्राप्त हुन नसकेपछि २०८३ कात्तिक २९ गते समाचार प्रकाशित गरेको ब्यहोरा जानकारी गराउन चाहन्छौं । –सम्पादक


काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) बाट सरकारले हटाएका दानबहादुर कार्कीको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई अन्तरिम आदेश छलफलमा झिकाएको छ। आज बुधबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश...
काठमाडौँ । धरानको बराह सहकारीको रकम हिनामिना प्रकरणमा शिवकुमार विश्वकर्मा (लामिछान) पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको गृहमन्त्री...
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबर नोट नष्ट गरेको छ । गत आर्थिक वर्ष केन्द्रीय बैंकले झुत्रा,...
काठमाडौं। निर्वतमान नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले दायर गरेको रिटमाथि बहस सकिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा बहस सकिएको हो। दुवै पक्षका कानुन व्यवसायीको...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा प्रधानमन्त्री बालेनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend