काठमाडौैं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित स्थानीय तहका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले आज सूचना जारी गर्दै जसपाबाट निर्वाचित १८ जना जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।
जसमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईसहितका जनप्रतिनिधि पदमुक्त भएका हुन् । पदमुक्त हुने अन्य जनप्रतिनिधिहरूमा सिराहाको लहान गरपालिकाका उपमेयर रामचरित्तर महतो, खोटाङको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्बाङ र देशका विभिन्न जिल्लाका स्थानीय तहका ९ जना वडाध्यक्ष लगायत छन् ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम उनीहरू दलबिहीन भएपछि पदमुक्त भएका निर्वाचन आयोगले जनाएको छ ।
उनीहरूले गत फागनु २१ गतेको निर्वाचनमा पार्टीको नीति, सिद्धान्त तथा निर्णय विपरितको काम गरेको भन्दै जसपाले निर्वाचनमा आयोगमा उजुरी गरेपछि उनीहरू पदमुक्त भएका हुन् ।
पदमुक्त भएका अधिकांश जनप्रतिनिधिले गत निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई पराजित गर्ने र रास्वपाका उम्मेदवारलाई जिताउने भूमिकामा थिए ।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभामा संसदीय दलका नेता रामबहादुर थापाले आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुने बताएका छन् । बिहीवार...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् । बिहीवार...
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नतिरेका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा...
काठमाडौं। नेपाली बजारमा आज बिहीबार सुन र चाँदीको भाउ घटेको छ।आज सुन प्रतितोला ३ हजार ३०० र चाँदी ४५ रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी...
काठमाडौँ। मकवानपुरको भीमफेदीमा फेरि अर्को सुमो दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बिहीबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend