काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् ।
बिहीवार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताएका हुन् ।
ओलीले आफूहरू बसिरहेको स्थानसम्म एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसंग सुनाउँदै सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरे । ती व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको उल्लेख गर्दै उनले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको सहज पहुँच हुन नहुने बताए ।
पार्टीका नेता तथा प्रतिनिधिहरूलाई भेट्न नचिनेका व्यक्तिहरू सहजै पुग्दा महत्त्वपूर्ण समय खेर जाने भन्दै उनले स्वयंसेवकहरूलाई प्रवेश व्यवस्थापन चुस्त बनाउन निर्देशन दिए। उनले भेलामा सहभागी सबै नेता तथा कार्यकर्तालाई परिचयपत्र लगाउन पनि आग्रह गरे ।
परिचयपत्रले सहभागीको पहिचान स्थापित गर्ने र स्वयंसेवक तथा सुरक्षाकर्मीलाई व्यक्ति चिनाउन सहज हुने उनको भनाइ छ । बैठकका बेला अनावश्यक कुराकानी नगर्न र पूर्ण शान्त वातावरण कायम गर्न पनि ओलीले निर्देशन दिए । भेटघाट र कुराकानीका लागि खाना, खाजा तथा विश्रामको समय उपयोग गर्न आग्रह गर्दै उनले राष्ट्रिय भेलालाई अनुशासित कार्यक्रमका रूपमा सम्पन्न गर्नुपर्ने बताए।
ओलीले निर्धारित समयभित्र कार्यक्रम सम्पन्न गर्नेगरी अनुशासित भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभामा संसदीय दलका नेता रामबहादुर थापाले आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुने बताएका छन् । बिहीवार...
काठमाडौैं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित स्थानीय तहका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले आज सूचना...
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नतिरेका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा...
काठमाडौं। नेपाली बजारमा आज बिहीबार सुन र चाँदीको भाउ घटेको छ।आज सुन प्रतितोला ३ हजार ३०० र चाँदी ४५ रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी...
काठमाडौँ। मकवानपुरको भीमफेदीमा फेरि अर्को सुमो दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बिहीबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend